मन्देकाजी,सानु र मुकुन्द्र सम्मानित

काठमाण्डौं । नेपाल सितोरियो कराते डो संघ, ठमेल शाखा डोजोले शारीरिक सुगठनका सानु गुरुङ तथा करातेका मन्डेकाजी श्रेष्ठ र मुकुन्द्र महर्जनलाई शुक्रबार सम्मान गरेको छ ।

ठमेल शाखा डोजोको आयोजनामा भइरहेको सातौं जुनियर कराते प्रतियोगिताको उद्घाटनका अवसरमा उनीहरुलाई सम्मान गरिएको हो ।

काठमाडौं महागरपालिकाका मेयर विद्यासुन्दर शाक्य र डोजो प्रमुख सन्तोष श्रेष्ठले उनीहरुलाई प्रशंसा पत्र प्रदान गरी एक कार्यक्रमबीच सम्मान गरे ।

शनिबारसम्म चल्ने प्रतियोगितामा नेपालका ३ सय २५ र भारतका ५५ खेलाडी सहभागी छन् । पुरुष÷महिलामा समान १०–१० गरी २० स्पर्धामा लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा प्रतिस्पर्धा भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :