राखेप सदस्य सचिव पदका लागि दरखास्त आह्वान

काठमाडौं । युवा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सदस्यसचिव पदका लागि दरखास्त आह्वाल गरेको छ ।

मन्त्रालयले शनिबार सामाजिक संजालमा एक सूचना प्रकाशित गर्दै राखेपको सदस्यसचिव पदका लागि दरखास्त आव्हान गरिएको जनाएको हो ।

सार्वजनिक सूचना अनुसार सदस्य सचिव पदका लागि योग्य तथा इच्छुक व्यक्तिले सूचना प्रकाशित भएको एक साताभित्र सम्बन्धीत निकायमा आवेदन पेस गरिसक्नु पर्नेछ ।

राष्ट्रिय खेलकुद विकास ऐन २०७७ को दफा १७ को उपदफा (३) अनुसार राखेपको सदस्यसचिव खुल्ला प्रतिस्पर्धाबाट चयन नियम छ । जसका लागि यसका लागि स्नातक पास गरेको, खेलकुद क्षेत्रमा कम्तिमा पाँच वर्ष काम गरेको लगायत योग्यता आवश्य पर्ने सूचनामा उल्लेख छ ।

यसअघि गत कार्तिक १ गते नेपाल सरका मन्त्रिपरिषद् बैठकले सदस्यसचिव रमेश कुमार सिलवाललाई बरखास्त गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :