महिला भलिबल टोलीकी कप्तान अरुणा सम्मानित

काठमाडौं । नेपाली राष्ट्रिय महिला भलिबल टोलीकी कप्तान अरुणा शाही शेर बहादुर खड्का स्मृति प्रतिष्ठानद्वारा सम्मानित भएकी छिन् ।

प्रतिस्ठानले शनिबार एक कार्यक्रमकाबीच कप्तान शाहीलाई ‘शेर बहादुर खड्का स्पेसल अवार्ड’ बाट सम्मान गरेको हो ।

प्रतिस्ठानले सम्मान स्वरुप कप्तान अरुणालाई नगद रु ५० हजार प्रदान गरेको छ ।

२०७६ कार्तिकमा बंगलादेशमा सम्पन्न एभिसी सेन्ट्रल जोन महिला भलिबल प्रतियोगितामा स्वर्ण तथा सोहि वर्ष मंसिरमा घरेलु भुमिमा सम्पन्न १३ औं दक्षिण एशियाली खेलकुद् (साग) मा नेपालले ऐतिहासिक रजत पदक जित्दा नेपाली टोलीमा अरुणाले पुर्याएको योगदानको कदर गर्दै प्रतिस्ठानले उनलाई सम्मान गरेको हो ।

प्रतिस्ठानले हरेक वर्ष महिला भलिबल खेलाडीहरुलाई सम्मान गर्दै आईरहेको छ ।

सम्मान ग्रहण गर्दै अरुणलले आफूले पाएको सम्मान सम्पूर्ण नेपाली राष्ट्रिय महिला भलिबल टोलीप्रति समर्पण गरिन् ।

सम्मान कार्यक्रममा प्रमुख अतिथि एनआइसी एसिया बैंकका सिईओ रोशन कुमार न्यौपाने, प्रतिस्ठानकी उपाध्यक्ष कमली खड्का तथा नेपाल भलिबल संघकी उपाध्यक्ष निरोज मास्के लगायतको उपस्थिती रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :