‘रन फर प्रोटिन’ नामक हाफ म्याराथन पुष पहिलो साता

काठमाडौं । नेपाल भेटेरिनरी एशोसिएसनको आयोजनामा आगामी पौष पहिलो साता ‘रन फर प्रोटिन’ नामक हाफ म्याराथन साथै विभिन्न विधामा दौड प्रतियोगिता हुने भएको छ ।

एशोसिएसनले आइतबार पत्रकार सम्मेलनको आयोजना गरि प्रतियोगिताबारे जानकारी गराएको हो ।

स्वस्थ्य नागरिकहरु राष्ट्र निर्माणका आधार हुन् । यसको लागि सन्तुलित आहारको उपलब्धता र पहुँच महत्वपूर्ण हुन्छ । नेपाल लगायतका विकासशिल मुलुकहरुमा जनसंख्याको ठूलो हिस्सा सन्तुलित आहारबाट वञ्चित छ ।

यसमा पनि विशेषगरी प्रोटिनजन्य पदार्थहरु दूध, माछा, मासु, अण्डा, गेडागुडी आदिको हिस्सा कम हुँदा नेपालमा लाखौं मानिसहरु कुपोषणको सिकार छन् भने ५ वर्ष मुनिका ४० प्रतिशत बालबालिकाहरु पुड्को हुने समस्याबाट ग्रसित छन् ।

आर्थिक अवस्थाको अलावा सन्तुलित आहारबारे जनचेतनाको कमी यसको मुख्य कारण हो । यही अवस्थालाई मध्यनजर गर्दै नेपाल भेटेरिनरी एशोसिएसनले प्रोटिन माथिको अधिकार (राइट टु प्रोटिन) को मर्मलाई आत्मसात गर्दै प्रोटिनजन्य पदार्थमा पहुँच बढाउन जनचेतना फैलाउने उद्देश्यले ३ गते शनिबारको दिन दौड प्रतियोगिता आयोजना गर्न लागिएको एशोसिएसनले जनाएको छ ।

पौष ३ गते बिहान ७ बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालाबाट शुरु भई थापाथली, माईतीघर, नयाँ बानेश्वर, तीनकुने, कोटेश्वर, लोकन्थली, घण्टाघर, राधे(राधे र भाटभटेनी स्टोर भक्तपुर हुँदै दौड रंगशालामै आइपुगेर समापन हुने कार्यक्रम रहेको छ ।

प्रतियोगितामा हाफ म्याराथनसहित विभिन्न विधाका गरि २,००० व्यक्ति सहभागी हुने अनुमान गरिएको छ ।

प्रतियोगितामा खुल्ला हाफ म्याराथान, पुरुष १० किमि, महिला ५ किमि, १२ कक्षासम्मका विद्यार्थीलाई ५ किमि (पुरुष) र ३ कि मी (महिला) र फरक क्षमता भएका व्यक्तिहरुको लागि हविलचेयर विधाका दौडहरु समावेश गरिएका छन् । कार्यक्रमको जम्मा पुरस्कार राशी १० लाख ५० हजार रहेको छ ।

हाफ म्याराथन विजेता पुरस्कार राशि रु एक प्राप्त गर्नेछ भने पाचौ स्थानसम्म प्राप्त गर्नेलाई पुरस्कारको व्यवस्था रहेको छ । आफुले भाग लिएको विधामा दौड पुरा गर्ने प्रतियोगीलाई प्रमाणपत्र र मेडलको व्यवस्था समेत रहेको छ ।

प्रतियोगितामा नेपाल दाना उद्योग संघ, नेपाल पशुपन्छी औषधि व्यवसायी संघ, नेपाल ह्याचरी उद्योग संघ, नेपाल अण्डा उत्पादक संघ लगायतका संस्था सहयोगीको रुपमा रहेका छन् । दौड प्रतियोगितालाई नेपाल एथलेटिक एशोसिएसनले मान्यता दिनुका साथै प्राविधिक सहयोग समेत गरेको छ ।

कार्यक्रममा सहभागी हुन ई सेवा वा फोन पेबाट रु २०० शुल्क तिरी अनलाईनबाट रजिष्ट्रेशन गर्न सकिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :