बंगलादेशका टि २० कप्तान महमुदुल्लाहद्वारा टेष्टबाट सन्यास

बंगलादेशका टि २० फरम्याटका कप्तान महमुदुल्लाहले टेष्ट क्रिकेटबाट सन्यासको घोषणा गरेका छन् ।

बंगलादेश क्रिकेट बोर्डले बुधबार विज्ञप्तिा जारी गर्दै महमुदुल्लाहको टेष्ट क्रिकेटबाट अलगिने निर्णयको पुष्टि गरेको हो ।

महमुदुल्लाहले यसै वर्ष जिम्बाब्वेबिरुद्ध भएको टेष्ट श्रृंखलाबाट टेष्ट टोलिमा पुनरागमन गरेका थिए ।

महमुदुल्लाहले बोर्डका पदाधिकारीहरुलाई टेलिफोन सम्पर्क गरेर आफूले टेष्ट क्रिकेट नखेल्ने निर्णय गर्दै सन्यासको घोषणा गरेका थिए ।

तर उनले बोर्ड पदाधिकारीहरुलाई आफू एकदिवसीय र टि २० फर्म्याटलाई भने निरन्तर अघि बढाउने बताएका छन् ।

३५ वर्षिय ब्याटिङ्ग अलराउण्डर महमुदुल्लाहले बंगलादेशका लागि ५० टेष्ट खेल्दा ५ शतकसहित २९ सय १४ रन बनाएका छन् ।

सन् २००९ मा वेस्टईण्डिजबिरुद्ध टेष्ट क्रिकेटमा डेब्यु गरेका उनको टेष्टमा सर्वाधिक रन अविजित १५० हो ।

यस्तै बलिङ्गमा एकपटक एक ईनिङ्गमा पाँच विकेट लिएका महमुदुल्लाहको नाममा ४३ विकेट छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :