सिटी शिर्षमा रहँदै नकआउट चरणमा,हारका बावजुद पीएसजी पनि अन्तिम १६ मा

पीएसजीबिरुद्ध पुनरागमन गोल गर्दै जित हासिल गरेको म्यान्चेस्टर सिटी च्याम्पियन्स् लिग अन्तर्गत समूह ए को शिर्ष रहँदै जमआउट चरणमा प्रवेश गरेका छ ।

अर्काेतर्फ हारको बावजुद फ्रेन्च क्लब पीएसजी च्याम्पियन्स् लिगमा समूह उपविजेताको रुपमा नकआउट चरणमा पुग्न सफल भएको हो ।

ईतिहाद स्टेडियममा बुधबार सम्पन्न समूह ए को खेलमा घरेलु टोलि सिटीले पीएसजीमाथि २–१ गोल अन्तरको जित निकाल्दै समूह विजेता बनेको हो ।

निक्कै रोमाञ्चक बनेको खेलमा सिटीले जित निकालेको खेलमा रहिम स्टर्लिङ्ग र गाब्रियल जिजसले एक एक गोल गरे भने पीएसजीका लागि किलियन एम्बाप्पेले एक गोल गरेका थिए ।

गोलरहित पहिलो हाफ रहेको खेलको ५०औं मिनटमा मेस्सीको क्रसमा एम्बाप्पेले गोल गर्दै पीएसजीलाई शुरुवाती अग्रता दिलाएका थिए ।

खेलको ६३औं मिनटमा जिजसको पासमा स्टर्लिङ्गले गोल गर्दै सिटीलाई खेलमा बराबरी दिलाए ।

यसपछि ७६औं मिनटमा बर्नार्डाे सिल्भाको पासमा जिजसले गोल गर्दै सिटीलाई महत्वपूर्ण खेलमा जित दिलाए ।

५ खेलमा १२ अंक जोडेको सिटीले शिर्ष स्थानलाई कायम राख्यो भने पीएसजी समान खेलमा ८ अंकका साथ दोश्रो स्थानमा छ ।

तेश्रो स्थानमा रहेको आरबी लाइप्जिग र चौथोमा रहेको क्लब ब्रुग्सको समान ४–४ अंक छ ।

लाइप्जिग र ब्रुग्सको अन्तिम १६ मा पुग्ने सम्भावना समाप्त भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :