रियाल मड्रिड च्याम्पियन्स् लिगको नकआउट चरणमा

एफसी शेर्रिफलाई हराउँदै रियाल मड्रिड च्याम्पियन्स् लिगको अन्तिम १६ मा पुग्न सफल भएको छ ।

बोल्साया स्पोर्टिभ्नायामा बुधबार राति सम्पन्न खेलमा रियालले घरेलु टोलि शेर्रिफमाथि ३–० गोल अन्तरको शानदार जित निकाल्दै जकआउट चरणमा पुग्न सफल भएको हो ।

रियालको जितमा डेभिड अलाबा,टोनी क्रुस र करिम बेन्जेमाले एक एक गोल गरे ।

रियालका लागि पहिलो हाफ सहज बन्दा दुई गोल गरेको थियो भने शेर्रिफले दोश्रो हाफमा केही सम्हालिएको प्रदर्शन गर्दा रियालले थप एक गोल गरेको थियो ।

खेलको ३०औं मिनटमा अलाबाले गोल गर्दै रियाललाई शुरुवाती अग्रता दिलाएका थिए ।

खेलको ४५औं मिनटमा रोड्रिगोको पासमा क्रुसले गोल गर्दै रियाललाई पहिलो हाफमा २–० गोल अन्तरको अग्रता दिलाएका थिए ।

यसपछि खेलको ५५औं मिनटमा फर्लान्ड मेन्डीको पासमा बेन्जेमाले गोल गर्दै रियाललाई जित दिलाएका थिए ।

फ्रान्सेली एक अदालतले सेक्स भिडियो देखाउँदै सहकर्मीलाई धम्की दिएको आरोपमा जेल सजाय सुनाएको केही घण्टामै बेन्जेमाले गोल गरेका हुन् ।

जितसँगै रियालमा ५ खेलमा १२ अंक जोडेर समूह डि को शिर्ष स्थानमा उक्लिएको छ । अर्काेतर्फ ६ अंक रहेको शेर्रिफको नकआउट चरणमा पुग्ने सम्भावनामा विराम लागेको छ ।

यस समूहबाट दोश्रोमा रहेको ईन्टर मिलान पनि अन्तिम १६ मा पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :