च्याम्पियन्स् लिगमा लिभरपुलको लगातार पाँचौं जित

एफसी पोर्टाेलाई हराउँदै लिभरपुलको च्याम्पियन्स् लिगमा शत प्रतिशत जितको यात्राले निरन्तरता पाएको छ ।

एन्फिल्डमा बुधबार राति सम्पन्न खेलमा लिभरपुलले पार्टाेमाथि २–० गोल अन्तरको सहज जित निकालेको हो ।

लिभरपुलको जितमा थियागो अल्कान्तरा र मोहमद सलाहले एक एक गोल गरे ।

लिभरपुल खेलको कुनै पनि समयमा पोर्टाेमाथि हावि भने नदेखिएपनि खेलमा दुई गोल गर्दै समूह बी अन्तर्गत लगातार पाँचौ जित निकाल्न सफल बन्यो ।

खेलको ५२औं मिनटमा थियागोले २५ यार्डबाट गरेको प्रहार गरेको बल गोलमा परिणत हुँदा लिभरपुलले १–० को अग्रता बनाएको थियो ।

खेलको ७०औं मिनटमा जोर्डन हेन्डर्सनको पासमा सलाहले गोल गर्दै लिभरपुललाई २–० गोल अन्तरको सहज जित दिलाएका थिए ।

यसअघि पहिलो हाफको ३८औं मिनटमा साडियो मानेले गरेको गोललाई भिएआरले अफसाइडका कारण मान्यता दिएको थिएन ।

लगातार पाँचौ जित निकालेको लिभरपुल १५ अंकका साग समूह बीको शिर्षमा छ । लिभरपुलले यसअघि नै नकआउट चरणमा स्थान बनाईसकेको छ ।

अर्काेतर्फ यस समूहमा रहेका बाँकी तीन टोलि पोर्टाे,एसी मिलान र एट्लेटिको मड्रिडमध्ये अन्तिम १६ मा पुग्ने टोलिको ट्ङ्गो अन्तिम चरण्को खेलबाट लाग्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :