अर्जुनको शतकमा सूदूरपश्चिमद्वारा प्रदेश २ सामु २९१ रनको विशाल लक्ष्य

काठमाण्डौं । वाईवाई अण्डर १९ राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगितामा सूदूरपश्चिम प्रदशेले प्रदेश २ सामु २९१ रनको विशल लक्ष्य प्रस्तुत गरेको हो ।

किर्तिपुरस्थित टियु क्रिकेट मैदानमा जारी अण्डर १९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा सूदूरपश्चिम प्रदेशले प्रदशे २ का सामु जितका लागि २९१ रनको लक्ष्य राखेको हो ।

टस हारेर पहिले ब्याटिङ्ग गरेको सूदूरपश्चिमले निर्धारित ५० ओभरको खेलमा ४२औं ओभरमा अलआउट हुँदै २९० रनको कुल योगफल तयार पार्याे ।

उसको लागि अर्जुन साउदले शानदार प्रदर्शन गर्दै शतक प्रहार गरेका छन् । अर्जुनले ८५ बलमा ८५ बलमा १४ चौका ५ छक्काको मद्दतमा ११६ रनको ईनिङ्ग खेले ।

यस्तै लोकेश बमले ७३ बलमा १३ चौका र १ छक्का सहित ८१ रनको महत्वपूर्ण ईनिङ्ग खेल्दै सूदूरपश्चिमको विशाल योगफलमा सघाए ।

अर्जुन र लोकेशले चौथो विकेटका निम्ति १४२ रनको शानदार साझेदारी गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :