नेपाललाई कुवेतको सामान्य लक्ष्य

काठमाडौं । आईसीसी महिला टी–२० विश्वकपको एशियाली छनौट अन्तर्गत तेस्रो खेलमा कुवेतले नेपाललाई जितका लागि २८ रनको लक्ष्य दिएको छ ।

युएईको दुबईस्थित आईसीसी एकेडेमीको मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको कुवेतले १५ दशमलब ४ ओभरमा आफ्नो सम्पूर्ण विकेट गुमाउँदै मात्र २७ रन जोडेर अल आउट भयो ।

कुवेतका लागि प्रियादा मुरालीले सर्वाधिक १० रन जोड्दा अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

कुवेतलाई सस्तैमा समेट्न नेपालकी संगिता राईले सर्वाधिक तीन विकेट हात पार्दा कप्तान रुविना क्षेत्री र करुणा भण्डारीले समान दुई–दुई विकेट लिइन् । यस्तै

सरस्वती कुमारीले १ विकेट लिइन् ।

आज नेपाल ग्लोबल छनौटटको सम्भावना कायमै राख्न कुवेतमाथि सहज जितको योजनामा छ ।

नेपाल र कुवेतबीच यसअघि एक पटक मात्र भेट भएको छ । सन् २०१९ मा भएको उक्त भेटमा नेपालले कुवेतलाई ३० रनले हराएको थियो ।

प्रतियोगिता अन्तर्गत पहिलो खेलमा हङकङसँग ६ विकेटले पराजित नेपालले दोस्रो खेलमा भुटानलाई ८ विकेटले हराउदै विश्वकपको ग्लोबल छनौटका लागि सम्भावना कायमै राख्न सफल भएको थियो ।

यता यसअघिका दुवै खेलमा पराजय भोगेको कुवेत भने आज पहिलो जितको खोजीमा छ ।

पहिलो खेलमा भुटानसँग ४० रनले पराजित बनेको कुवेत दोस्रो खेलमा मलेसियासँग ८१ रनले पराजित भएको थियो ।

एशियाली छनौट अन्तर्गत दुई खेलमा लगातार जित निकालेको युएई ४ अंकसहित तालिकाको शिर्ष स्थानमा छ ।

दुर्व खेलमध्ये एकमा जित तथा एकमा हार बेहोरेको नेपाल दुई अंकसहित दोस्रो स्थानमा रहेको छ ।

समान एक–एक मलेसिया तेस्रो, हङकङ चौथो र भुटान पाँचौ स्थानमा रहेका छन् ।

६ टोली सहभागि छनौट खेल अन्तर्गत नेपालले मंसिर १० गते शुक्रबार मलेसियासँग खेल्नेछ भने मंसिर १२ गते आईतबार आयोजक युएईको सामना गर्नेछ ।

एशिया छनौटको शिर्ष स्थानमा रहने टोलिले विश्वकपको ग्लोबल छनौट प्रतियोगिता खेल्ने मौका पाउनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :