वेस्ट इन्डिजविरुद्ध श्रीलंका विजयी

वेस्ट इन्डिजविरुद्धको पहिलो सिरिजमा श्रीलंका विजयी भएको छ ।

घलेलु मैदान गाले इन्टरनेशनल स्टेडियममा बिहीबार दिउँसो सम्पन्न खेलमा श्रीलंकाले वेस्ट इन्डिजलाई १ सय ८७ रनले हराएको हो ।

जितका लागि ३ सय ४८ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिजले १ सय ६० रन मात्र जोड्यो ।

वेस्ट इन्डिजका लागि नकरुमाह वोनरले अविजित ६८ तथा जोसुआ डा सिल्भाले ५४ रन जोडे ।

श्रीलंकाका लासिथ इम्बुल्डेनियाले सर्वाधिक ५ विकेट हात पार्दा रमेश मेन्डिसले ४ विकेट हात पारे । प्रविन जयाविकरामाले एक विकेट लिए ।

यसअघि श्रीलंकाले ३ सय ८६ रन जोडेको थियो ।

वेस्ट इन्डिजका रोस्टन चेजले सर्वाधिक ५ विकेट लिएका थिए । वेस्ट इन्डिजले पहिलो इनिङ्समा २ सय ३० रनमात्र जोड्न सकेको थियो ।

वेस्ट इन्डिजका लागि कायल मेयर्सले सर्वाधिक ४५ रन जोडेका थिए ।

यता श्रीलंकाका प्रविन जयाविकरामाले ४ तथा रमेश मेन्डिसले ३ विकेट लिएका थिए ।

दुई खेलको सिरिजमा श्रीलंकाले १–० को अग्रता लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :