ए डिभिजन लिगः आर्मी फुटबल समर्थकलाई कार्कीले जर्सी स्पोन्सर गर्ने

काठमाडौं । त्रिभुवन आर्मी फुटबल क्ल्बका पुर्ब खेलाडी तथा नेपाल आर्मिका कर्णेल जनमत कार्कीले जारी सहदि स्मारक ए डिभिजन लिगमा आर्मी क्लबका फुटबल समर्थकलाई आर्मी क्लबको जर्सी स्पोन्सर गर्ने भएका छन् ।

जारी लिगमा पहिलो चरणको खेल सकिएसँगै दोस्रो चरणका खेलहरु मंसिर १० गते भोलिबाट शुरु हुँदैछ । प्रतियोगितामा आर्मीले अब समूह १२ खेल खेल्न बाँकी छ।

१२ खेल मध्ये प्रत्येक खेलमा जनमत काकीले स्पोन्सर गरेको जर्सी आर्मी फ्यान्स क्ल्बको तर्फबाट आर्मीका एक जना समर्थकलाई आर्मीले हाल प्रयोग गर्दै आएको जर्सी प्रदान गरिने छ । जारी लिगमा आर्मीले केल्मी कप्पनीले उत्पादन गरेको जर्सी प्रयोग गर्दै आएको छ ।

सो जर्सी प्राप्त गर्न समर्थकका लागि फ्यान्स क्ल्बको निश्चित मापदण्डहरु निर्धारण गर्ने र सो नियमको पूर्ण पालना गरि सहि जवाफ मिलाउने समर्थकले आर्मीको जर्सी प्राप्त गर्ने कार्कीले बताए ।

आम फूटबल समर्थकलाई क्लबसँग जोड्ने उद्देश्यले आफूले प्रत्येक खेलमा एक एक थान गरि १२ थान जर्सी १२ थान सर्मथकलाई केल्मीसँगको समन्वयमा स्पोन्सर गर्न लागेको कार्कीले बताए ।

लिग अन्तर्गत समूह चरणको पहिलो खेलमा आर्मीले अर्का विभागीय क्लब नेपाल पुलिस क्लबसँग १–१ गोलको बराबरी खेलेर अंक बाँड्दै लिगको शुरुवात गरेको थियो ।

समूह चरणको दोस्रो खेलमा अब आर्मीले मंसिर १३ गते साविक विजेता मछिन्द्र क्लबविरुद्ध खेल्ने छ । मछिन्द्रले भने समूह चरणको पहिलो खेलमा न्युरोड टिम एनआरटीलाई २–१ गोल अन्तरले हराउँदै विजयी शुरुवात गरिसकेको छ ।

आर्मी र मछिन्द्रबीचको समूह चरणको दोस्रो खेल सोमबार दशरथ रंगशालामा फ्ल्ड लाइटमा साँझ ४:४५ बजेबाट शुरु हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :