सुदूरपश्चिममाथि प्रदेश-२ को जित

काठमाडौं । वाईवाई अण्डर १९ राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगितामा प्रदेश-२ ले विजयी शुरुवात गरेको छ ।

किर्तिपुरस्थित टियु क्रिकेट मैदानमा बिहीबार सम्पन्न खेलमा प्रदेश-२ ले सुदूरपश्चिम प्रदेशलाई २ विकेटले पराजित गर्दै विजयी शुरुवात गरेको हो ।

सुदूरपश्चिमले दिएको २९१ रनको लक्ष्य प्रदेश-२ ले ४९ दशमलब १ ओभरमा ८ विकेट गुमाएर पूरा गर्‍यो ।

प्रदेश २ को जितमा आदिल अन्सारीले ४३ बलमा ६ छक्का र ७ चौकासहित अविजित ८७ रन बनाए ।

अमित यादवले ७५ बलमा दुई छक्का र तीन चौकाको सहयोगमा ४९ रनको योगदान दिदा गुश्लशन झाले ५३ बलमा चार छक्का र दुई चौकासहित ४८ रन बनाए ।

यस्तै अमित यादव ४९, रोहन बिक २३, सन्तोष कार्की २१, आशिस झा १६, कप्तान विवेक यादव १४, सम्सद मुन्सारी ७ र तृतराज दास २ रनमा आउट भए । प्रदीप पासवान ९ रनमा अविजित रहे ।

शेर मल्ल, नरेन्द्र साउँदले तीनरतीन, लोकेश बम र हेमन्त धामीले एक एक विकेट लिए ।

यसअघि सूदूरपश्चिम प्रदशेले प्रदेश २ सामु २९१ रनको विशल लक्ष्य प्रस्तुत गरेको हो ।

टस हारेर पहिले ब्याटिङ्ग गरेको सूदूरपश्चिमले निर्धारित ५० ओभरको खेलमा ४२औं ओभरमा अलआउट हुँदै २९० रनको कुल योगफल पारेको थियो ।

उसको लागि अर्जुन साउदले शानदार प्रदर्शन गर्दै शतक प्रहार गरेका छन् । अर्जुनले ८५ बलमा ८५ बलमा १४ चौका ५ छक्काको मद्दतमा ११६ रनको ईनिङ्ग खेले ।

यस्तै लोकेश बमले ७३ बलमा १३ चौका र १ छक्का सहित ८१ रनको महत्वपूर्ण ईनिङ्ग खेल्दै सूदूरपश्चिमको विशाल योगफलमा सघाए ।

अर्जुन र लोकेशले चौथो विकेटका निम्ति १४२ रनको शानदार साझेदारी गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :