नवौं धादिङ जिल्ला लिग फुटबलको उपाधि पात्लेलाई

धादिङ । नवौं धादिङ जिल्ला लिग फुटबल प्रतियोगिताको उपाधि विद्यार्थी उपकार संघ पात्लेले जितेको छ ।

गजुरी गाउँपालिकास्थित गलौंदी खेल मैदानमा आज सम्पन्न फाइनल खेलमा धुनीबेसीलाई पराजित गर्दै पात्लेले उपाधि जितेको हो ।

उपाधि जित्ने क्रममा पात्लेले धुनीबेसीलाई १-० गोल अन्तरले पराजित गर्यो । पात्लेलाई जित दिलाउन सुकबहादुर घलेले निर्णायक गोल गरे ।

उपाधि विजेता पात्लेले पुरस्कार नगद १ लाख प्राप्त गर्दै प्रदेश स्तरीय प्रतियोगिताको लागि समेत धादिङबाट आफ्नो स्थान पक्का गरेको छ ।

उप विजेता धुनीबेसीले नगद ५० हजार प्राप्त गर्दा सेमिफाईनलसम्म पुगेको गजुरी सामुदायीक विकास समिति र धादिङ समाज धादिङले समान १२ हजार ५०० प्राप्त गर्यो ।

प्रतियोगिताको सर्वाधिक गोलकर्ता बनेका विजेता टोली पात्लेका सुकबहादुर घलेले प्रतियोगिता अबधिभर ६ गोल गर्दै गोल्डन बुट जिते ।

मंसिर १ गतेबाट शुरु भएको प्रतियोगितामा जिल्लाका ११ वटा क्लबहरु सहभागि थिए ।

(तस्बिरः नारायण सिलवाल)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :