ए डिभिजन लिगको दोश्रो चरण भोलिबाट,पहिलो खेलमा थ्री स्टार र सातदोबाटो भिड्दै

काठमाण्डौं । कतार एयरवेज शहिद स्मारक ए डिभिजन लिगमा दोश्रो चरणका खेलहरु भोलिबाट शुरु हुँदैछ ।

सप्तान्ह्मा खेलाउने योजनासहित शहिद स्मरक ए डिभिजन लिगको जारी संस्करणको दोश्रो चरणका खेलहरु शुक्रबारबाट त्रिपुरेश्वस्थित दशरथ रंगशालामा हुने भएको हो ।

शुक्रबारबाट शुरु हुने दोश्रो चरणको खेल मंसिर १३ गते अर्थात सोमबार सक्किनेछ ।

मंसिर १२ गतेबाहेक प्रत्येक दिन लिगका दुई खेलहरु हुनेछन् । पहिलो खेल दिउँसो एक बजेबाट शुरु हुनेछ भने दोश्रो खेल फ्ल्ड लाईटमा हुने गरी बेलुकी पौने ५ बजेबाट शुरु हुनेछ ।

भोलि हुने दिनको पहिलो खेलमा दुई ललितपुर डर्बि क्लब तीन पटकको लिग विजेता थ्री स्टार र नवप्रवेशी सातदोबाटो क्लब आमने सामने हुनेछन् । यसअघि पहिलो चरणको खेलमा थ्री स्टारले च्यासल युथ क्लबमाथि ३–० गोल अन्तरको जितका साथ शुरुवात गरेको थियो ।

यस्तै भोलि हुने दोश्रो खेलमा संकटा क्लबले फ्रेण्ड्सको सामना गर्नेछ । यसअघिको पहिलो चरणमा संकटाले हिमालयन शेर्पा क्लबसँग १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको थियो ।

यस्तै पहिलो चरणको उद्घाटन खेलमा मैदाना ओर्लिएको सातदोबाटोले अनुभवी फ्रेण्ड्समाथि शानदार खेल खेल्दै गोलरहित बराबरीमा रोकेको थियो ।

१४ क्लबको सहभागित रहेको लिग मंसिर ३ गतेबाट शुरु भएको हो । लिगमा कुल १३ मध्ये अब १२ चरणका खेलहरु बाँकी रहेका छन् ।

यसअघि सम्पन्न पहिलो चरणको खेलहरुको सम्पूर्ण जानकारी र अंक तालिका :

मंसिर ३ : फ्रेण्ड्स क्लब र सातदोबाटो युथ क्लबबिचको खेल गोलरहित बराबरीमा टुङ्गिएको थियो । यस खेलको म्यान अफ दि म्याच फ्रेण्ड्सका गोलकिपर राहुल रामचन्द्र यादव घोषित भएका थिए ।

मंसिर ४ : यो लिगको दोश्रो दिन थियो र यस दिन दुई खेलहरु भएका थिए । पहिलो खेलमा संकटा क्लब र हिमालयन शेर्पा क्लबले एक एक गोलको बराबरी खेलेका थिए । संकटाका लागि लक्ष्मण रुचालले गोल गरेका थिए भने हिमालयनका त्रिदेव गुरुङ्गले गोल गरेका थिए । लक्ष्मण यस खेलको म्यान अफ दि म्याच बने ।

यस्तै दोश्रो खेलमा थ्री स्टारले लिगको पहिलो जितको नतिजा निकालेको थियो । यस खेलमा थ्री स्टारले च्यासल युथ क्लबमाथि ३–० गोल अन्तरको शानदार जित हासिल गर्याे । थ्री स्टारका लागि निशान खड्का,रफायल रिम र अनन्त तामाङ्गले एक एक गोलको योगदान दिए । जितसँगै थ्री स्टारले तीन अंक जोड्दै लिगमा विजयी शुरुवात गर्याे । निशान खड्का म्यान अफ दिन म्याच घोषित भए । यस खेलमा नेपाली मुलका ईटालीयन खेलाडी विकास मेराग्लीयाले पाएको पेनल्टीमा गोल गर्न चुक्दा खेल मोडिएको थियो ।

मंसिर ५ : पहिलो खेलमा ब्रिगेड बोइजले विभागिय टोलि एपीएफलाई ३–२ गोल अन्तरले हराउँदै स्तब्ध बनायो । तीन अंक जोड्दै विजयी शुरुवात गरेको ब्रिगेडका लागि दिनेश राई एक्लैले दुई गोल गर्दा सुरज गुरुङ्गले एक गोल गरेका थिए । यस्तै एपीएफको तर्फबाट आशिष लामा र बिकी तामाङ्गले एक एक गोल गरे । ब्रिगेडका दिनेश राई खेलको म्यान अफ दि म्याच चयन भएका थिए ।

यस दिनको दोश्रो खेलमा मनाङ्ग मर्स्याङ्गदी क्लबले जावलाखेल युथ क्लबमाथि १–० गोल अन्तरको साँघुरो जित निकाल्दै लिगमा विजयी शुरुवात गर्याे । मनाङ्गको जितमा दिनेश राजवंशीले गरेको एकमात्र गोल नै निर्णायक साबित भएको थियो । मनाङ्गका ओलावाले आफिजले गोल गरेपनि अफसाइडका कारण उनको गोलले मान्यता पाउन सकेन । दिनेश खेलको म्यान अफ दि म्याच भएका थिए ।

मंसिर ६ : यो लिग अन्तर्गत पहिलो चरणको खेल हुने अन्तिम दिन थियो । यस दिन पहिलो खेलमा दुई विभागिय डर्बि त्रिभुवन आर्मी र नेपाल पुलिस क्लब आमने सामने भएका थिए । यो खेलमा दुबैले १–१ गोल गरेपछि अंक बाँड्दै लिगको शुरुवात गरे । पुलिसका सन्तोया हेमरुनले एक गोल गरे भने आर्मीका लागि विवेक बस्नेतले एक गोल गर्दै खेललाई बराबरीमा पुर्याएका थिए । खेलको म्यान अफ दि म्याच आर्मीका सेसेहाङ्ग आङ्गदेम्बे भए ।

दोश्रो खेलमा साविकको विजेता मच्छिन्द्र क्लबले न्युरोड टिम एनआरटीलाई २–१ गोल अन्तरले हराउँदै विजयी शुरुवात गरेको थियो । मच्छिन्द्रको जितमा दुबै गोल सुनिल बलले गरेका थिए भने एनआरटीका लागि एरिक विष्टले एक गोल फर्काएका थिए । यस खेलमा एक वर्षको लामो समयपछि नेपालका स्टार स्ट्राईकर घरेलु फुटबलमा फर्किएका थिए । उनी कतारको एस्पेतार हस्पिटलमा घुडाँको सफल उपचारपछि पहिलोपटक ए डिभिजन लिग खेल्न मैदानमा ओर्लिएका थिए । खेलको म्यान अफ दि म्याच दुई गोल गर्दै मच्छिन्द्रलाई जित दिलाएका सुनिल बल चुनिए ।

पहिलो चरणको खेलपछि सबै क्लबबाट कुल १४ गोलहरु भए भने एउटा रातो कार्ड समेत देखाईयो ।

यस्तै पहिलो चरणमा चार क्लबले जित हासिल गर्दै तीन अंक खातामा जोड्दा ६ वटा क्लबले बराबरी नतिजा खेल्दै एक एक अंक बाँडे भने चार क्लब हार बेहोर्दै अंकविहिन छन् ।

यसपटकबाट एन्फाले प्रत्येक खेलको विजेतालाई नगद ५० हजार र बराबरी हुने खेलको दुबै टोलीलाई २५–२५ हजार नगद प्रदान गर्नेछ । यसर्थ थ्रीस्टार,मनाङ्ग,ब्रिगेड र मच्छिन्द्रले जित बापतको ५०–५० हजार नगद पुरस्कार पाएको छ भने बराबरी खेल्ने ६ क्लबले २५–२५ हजार नगद प्राप्त गरेका छन् ।

पहिलो चरणको खेल सक्क्दिा ब्रिगेड बोईजका दिनेश राई र मच्छिन्द्रका सुनिल बल दुई दुई गोल गर्दै सर्वाधिक गोलकर्ताको सूचीको शिर्षमा छन् ।

पहिलो चरण पश्चात बनेको अंक तालिकामा चार टोलिले समान तीन अंक हासिल गरेपनि गोल भिन्नताको आधारमा थ्री स्टार शिर्ष स्थानमा छ भने मनाङ्ग दोश्रो,ब्रिगेड तेश्रो र मच्छिन्द्र चौथो स्थानमा छ ।

उता एपीएफ र च्यासल लिगको पुछारमा छन् । 

पहिलो चरणपछिको अंकतालिका :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :