ओलावाले अफिजको गोलमा मनाङ्ग शिर्ष स्थानमा उक्लियो

काठमाण्डौं । कतार एयरवेज शहिद स्मारक ए डिभिजन लिगमा मनाङ्ग मर्स्याङ्गदी क्लबले हिमालयन शेर्पा क्लबलाई पराजित गरेको छ ।

शनिबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न दोश्रो खेलमा मनाङ्गले हिमालयन शेर्पालाई १–० गोल अन्तरले हराउँदै लगातार दोश्रो जित दर्ता गरेको हो ।

मनाङ्गको जितमा ओलावाले अफिजले गरेको एक मात्र गोल नै निर्णायक बन्न पुग्यो ।

खेलको ८३औ. मिनटमा पुजन उपरकोटीको कर्नरकिक निशान लिम्बुलाई लागेर फ्ल्कि भएको बलमा अफिजले हेडर गोल गर्दै मनाङ्गलाई स्पष्ट तीन अंक दिलाए ।

जितसँगै मनाङ्ग २ खेलमा ६ अंक जोड्दै अंकतालिकाको शिर्ष स्थानमा उक्लिएको छ । मनाङ्गले पहिलो खेलमा जावलाखेल युथ क्लबलाई १–० गोल अन्तरले नै हराएको थियो ।

अर्काेतर्फ पहिलो जितको खोजिमा रहेको हिमालयनको एक अंक छ । उसले पहिलो खेलमा हिमालयनले संकटासँग १–१ गोलको बराबरी खेलेको थियो ।

खेलको म्यान अफ दि म्याच मनाङ्गका पुजन उपरकोटी घोषित भए ।

आजै सम्पन्न पहिलो खेलमा च्यासल युथ क्लबले नेपाल एपीएफ क्लबमाथि १–० गोल अन्तरको जित निकालेको थियो ।

अब आईतबार एक मात्र खेल हुनेछ जसमा जावलाखेल युथ क्लबले नेपाल पुलिस क्लबसँग खेल्नेछ ।

यो पनि पढ्नुहोस्: एपीएफलाई हराउँदै च्यासलको पहिलो जित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :