आर्यनलाई स्वर्ण

काठमाण्डौं । नेपाली कराते खेलाडी आर्यन रन्जितले कोरिया अनलाइन कराते च्याम्पियनसिपमा स्वर्ण जितेका छन् ।

११–१२ वर्ष उमेरसमूहमा आर्यनले स्वर्ण जितेको कराते प्रशिक्षक सञ्जय रन्जितले जनाएका छन् ।

गत संस्करणमा पनि आर्यनले स्वर्ण जितेका थिए । त्यसबेला उनले १०–११ वर्ष उमेरसमूहमा प्रतिस्पर्धा गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :