राष्ट्रिय भलिबल टोलिको छनौटबाट ४ खेलाडी बाहिरिए

काठमाण्डौं । नेपाल भलिबल संघले एभिसी सेन्ट्रल जोन महिला तथा पुरुष भलिबल च्याम्पियनसिपका लागि जारी बन्द प्रशिक्षणबाट दोश्रो चरणका छनौटका लागि १६ जना पुरुष खेलाडीको सूची सार्वजनिक गरेको छ ।

संघले जारी गरेको सूचीमा ४ जना खेलाडीलाई बाहिर राख्दै १६ जना खेलाडीलाई बन्द प्रशिक्षणमा निरन्तरता दिने निर्णय गरेको हो ।

पहिलो चरणको छनौटबाट बाहिरिने खेलाडीहरुमा दिलबहादुर सुनवार,दुर्गा महतो, झमन सिंह दर्जी र विजय थापा रहेका छन् ।

संघले च्याम्पियनसिपका लागि नेपाली राष्ट्रिय टोलिमा समावेश हुने अन्तिम नामावली मंसिर २६ गते जारी गर्ने जनाएको छ ।

यस्तै संघले शनिबार रेश्मा भण्डारीसहित ५ जना महिला खेलाडीलाई बाहिर राख्दै १५ जना खेलाडीलाई अन्तिम चरणको छनौटका लागि बन्द प्रशिक्षणमा बोलाएको थियो ।

च्याम्पियनसिप बंगलादेशमा पुष ६ गतेदेखि १४ गतेसम्म संचालन हुनेछ ।

प्रतियोगिता बंगलादेशको ढाकामा डिसेम्बर २१ देखि २९ तारिखसम्म हुनेछ ।

बन्द प्रशिक्षणमा रहेका खेलाडीः

ईम राना मगर, हरि हजुर थापा, मान बहादुर श्रेष्ठ, धनबहादुर भट्ट क्षेत्री, राजेन्द्र विष्ट, धिरज बस्नेत, टेकराज अवस्थी, हरि बहादुर अधिकारी, दुर्गा बहादुर खड्का, भैरव बहादुर बम, दीपक राज जोशी, रविन चन्द, शरण समारी क्षेत्री, बिशाल विक, ईश्वर थापा र बिनोद चन्द ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :