इंग्ल्याण्डका एन्डरसनले अस्ट्रेलियाविरुद्धको पहिलो टेस्ट गुमाउने

इंग्ल्यान्डका तिब्र गतिका बलर जेम्स एन्डरसनले काल्फ इन्जुरीका कारण एसेस सिरिज अन्तर्गत अष्ट्रेलियाविरुद्धको पहिलो टेस्ट गुमाउने भएका छन् ।

अन्तर्राष्ट्रिय सामाचार माध्ययमका अनुसार एन्डरसनले काल्फ इन्जुरीका कारण अष्ट्रेलियाविरुद्धको पहिलो टेस्ट गुमाउने भएका हुन् ।

इंग्याण्डका लागि जुन सुकै प्रतियोगितामा सर्वाधिक विकेट लिदै आएका ३९ वर्षिय एन्डरसनको अनुपस्थितीले पहिलो टेस्टमा इंग्ल्याण्डको प्रदर्शनमा केहि परिवर्तन आउने अनुमान गरिएको छ ।

यद्यपी इंग्ल्याण्डले एन्डरसनको स्थानमा अहिलेसम्म अन्य कुनै खेलाडीलाई बोलाएको भने छैन ।

एसेस सिरिज अन्तर्गतको पहिलो टेस्ट बुधबारबाट ब्रिसबेनमा शुरु हुँदैछ ।

अष्ट्रेलिया र इंग्ल्यान्डबीच पाँच खेलको टेस्ट सिरिज हुने तालिका रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :