सदस्य–सचिवलाई बक्सिङको बधाइ

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का नवनियुक्त सदस्य–सचिव टंकलाल घिसिङलाई नेपाल बक्सिङ संघले मंगलबार बधाइ दिएको छ ।

त्रिपुरेश्वरस्थित सदस्य–सचिव घिसिङको कार्यकक्षमा भेटी बक्सिङ संघका पदाधिकारीले बधाइ दिएको हो ।

नेपाल बक्सिङ संघका अध्यक्ष राम अवाले, बक्सिङका वरिष्ठ उपाध्यक्ष समेत रहेका राखेपका पूर्व सदस्य अर्जुनबहादुर केसी, प्रमुख प्रशिक्षक प्रकाश थापा मगरलगायतले सदस्य–सचिव घिसिङलाई कार्यकाल सफलतका लागि शुभकामना दिदै बधाइ दिए । सो अवसरमा अध्यक्ष अवालेले सदस्य–सचिव घिसिङलाई बधाइ पत्र पनि प्रदान गरेका थिए ।

अध्यक्ष अवाले, प्रवक्ता श्याम अवालेलगायतले बक्सिङले हासिल गरेको उपलब्धी, अन्तर्राष्ट्रिय सहभागिता, घरेलु गतिविधि, प्रशिक्षणको अवस्था, प्रशिक्षणस्थल, भावी कार्यक्रमलगायतका विषयमा जानकारी गराएका थिए ।

सदस्य–सचिव घिसिङले ट्रेनिङ हल उपलब्ध गराउने विषयमा तत्काल बुझेर प्रकृया अगाडि बढाउने बताउदै बाँकीको हकमा सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :