अण्डर १९ साफ खेल्ने नेपाली महिला टोलीलाई अल्मुताइरीको शुभकामना

काठमाडौं । नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले साफ अण्डर १९ महिला फुटबल च्याम्पियनसिपका लागि बंगलादेश पुगेका नेपाली महिला टोलीलाई शुभकामना दिएका छन् ।

अल्मुताइलीले बुधबार आफ्नो आधिकारिक फेसबुक पोटमा एक सन्देश लेख्दै अण्डर १९ महिला टोलीलाई प्रतियोगितमा उत्कुष्ट प्रदर्शनको लागि शुभकामना दिएका हुन् ।

‘टोलीका सम्पूर्ण खेलाडीलाई प्रतियोगितको शभकामना, तपाईंहरू सबै नेपाली महिला फुटबलको भविष्य हुनुहुन्छ त्यसैले यस प्रतियोगितामा सक्दो उत्कृष्ट खेल्नुहोस् र आफ्ना भविष्यका लक्ष्यहरूमा फोकस हुनुहोस्’ अल्मुताइरीले आफ्नो शुभकामना सन्देशमा लेखेका छन् ।

प्रतिगोगिताका लागि नेपाली टोली बंगलादेशको ढाका पुगिसकेका छन् । नेपाली टोली मंगलबार त्यसतर्फ प्रस्थान गरेको थिए ।

गत संस्करणको उपविजेता बनेको नेपाली टोली यसपटक उपाधि जित्ने लक्ष्यसहित ढाका पुगेका हुन् ।

प्रतियोगिताका लागि मुख्य प्रशिक्षक हरिओम श्रेष्ठले आइतबार २३ सदस्सीय टोलिको घोषणा गरेका थिए ।

पाँच टोलीको सहभागिता रहने साफ अण्डर १० महिला च्याम्पियनसिप डिसेम्बर ११ देखि २२ तारिखसम्म ढाकामा आयोजना हुनेछ ।

प्रतियोगितामा आयोजक बंगालदेशसँगै नेपाल,भारत,भुटान र श्रीलंका गरि ५ राष्ट्रको सहभागिता रहने छ ।

सिङ्गल राउण्ड रोबिनका आधारमा हुने प्रतियोगिताको आफ्नो पहिलो खेलमा नेपालले बंगालदेशविरुद्ध डिसेम्बर ११ तारिखमा खेल्नेछ ।

नेपालले दोस्रो खेल श्रीलंकाविरुद्ध १५ तथा तेस्रो खेलमा भुटानविरुद्ध १७ तारिखमा खेल्नेछ ।

यस्तै चौथो खेल नेपालले भारतविरुद्ध डिसेम्बर १९ मा खेल्ने छ ।

राउण्ड रोविन खेलपछि शीर्ष दुई टोली फाइनलमा प्रवेश गर्नेछन् । फाइनल डिसेम्बर २२ मा हुनेछ ।

साफ च्याम्पियनसिप खेल्ने नेपाली टोली:
अञ्जना राना मगर (कप्तान तथा गोलकिपर), सावित्री किसन (गोलकिपर), अंकिता राई (गोलकिपर), सलोनी राना मगर, सबिना चौधरी, मञ्जुकुमारी खड्का, हिमा रावत, प्रतिक्षा चौधरी, सुष्मा तामाङ, रोजिना श्रेष्ठ, रजनी थोकर, बिमला बिक, रश्मी कुमारी घिसिङ, सदिपा भोलान, चन्द्र भण्डारी, खुस्मा राई, दीपा शाही, कुसुम खतिवडा, सविता राना मगर, सरस्वती हमाल, प्रीति राई, अमिषा कार्की, मेनुका कुमारी आले मगर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :