रञ्जित धिमाल चम्कदाँ मछिन्द्रको दोस्रो जित

काठमाडौं । साविक विजेता मछिन्द्र क्लबले कतार एयरवेज शहिद स्मारक ए डिभिजन लिग फुटबलमा दोश्रो जित हासिल गरेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशाला बुधबार भएको खेलमा जावलाखेल युथ क्लबलाई २-० गोल अन्तरले पराजित गर्दै मछिन्द्रले लिगमा आफ्नो दोस्रो जित दर्ता गरेको हो।

मछिन्द्रले खेलमा आत्मघाती उपहारबाट शुरुवाती अग्रता बनाएको थियो । खेलको १४ औं मिनटमा जावलाखेलका सिमान्त थापाले आत्मघाती गोल गरेपछि मछिन्द्रले १-० को अग्रता लियो ।

त्यसपछि खेलको २१ औं मिनटमा रञ्जित धिमालले गोल गरेपछि पहिलो मछिन्द्र पहिलो हाफमा २-० को अग्रता लिन सफल भएको थिायो ।

त्यसपछि खेलको दोस्रो हाफमा दुवै टोलीको तर्फबाट दोहोरो गोल हुन सकेन ।

यस जितसँगै मछिन्द्रले तीन खेलबाट ७ अंक जोडको छ । मछिन्द्र तालिकाको दोस्रो स्थानमा उक्लिएको छ ।

यता सामन खेलमा लगातार तेस्रो हार बेहोरेको लावलाखेल १३ औं स्थानमा यथावत् रहेको छ ।

खेलको म्यान अफ दि म्याच मछिन्द्रका लागि गोल गरेका रञ्जित धिमाल चुनिए ।

यसअघि आज नै भएको पहिलो खेलमा हिमालयन शेर्पा क्लब र पुलिस क्लबले १–१ गोलको बराबरी खेल्दै अंक बाँढेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :