थाहा नगरपालिका फाईनलमा

मकवानपुर । थाहा नगरपालिका हेटौंडामा जारी प्रथम जिल्ला स्तरीय अन्तरपालिका फुटबल प्रतियोगिताको फाईनलमा प्रवेश गरेको छ ।

हेटौडाको हुप्राचौरमा आज सम्पन्न पहिलो सेमिफाईनल खेलमा भिमफेदी गाउँपालिकालाई २–१ गोल अन्तरले हराउँदै थाहा नगरपालिका प्रतियोगिताको फाईनलमा पुगेको हो ।

थाहा नगरपालिकाको जितमा रोशन बल र सन्देश बलले १–१ गोल गर्दा गरेका हुन् । यस्तै भिमफेदी गाउँपालीका लागी सबिन गोलेले एक गोल फर्काएका थिए ।

खेलको म्यान अफ दि म्याच भिमफेदीका निशान्त थापा घोषित भए ।

भोलि बिहिबार हुने दोश्रो सेमिफाईनल खेलमा हेटौंडा उपमहानगरपालिकाले बागमती गाउँपालिकाको सामना गर्नेछ ।

१० पालिकाको सहभागिता रहेको प्रतियोगिताको फाईनल खेल मंसिर २५ गते शनिबार हुनेछ ।

प्रतियोगिताको विजेताले ट्रफि सहित २ लाख र उपविजेताले १ लाख पुरस्कार प्राप्त गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :