विराटको स्थानमा रोहितलाई एकदिवसीय कप्तानको जिम्मेवारी

भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) को सिनियर छनौट समितिले रोहित शर्मालाई भारतीय क्रिकेट टोलिको एकदिवसीय कप्तानको जिम्मेवारी सुम्पिएको छ ।

समितिको बुधबार बसेको बोर्ड बैठकबाट रोहितलाई एकदिवसीय क्रिकेटको कप्तानी सुम्पिने निर्णय गरेको हो ।

समितिले विराट कोहलीलाई हटाएर रोहितलाई एकदिवसीय फर्म्याटमा समेत कप्तानमा नियुक्त गरेको हो ।

अघिल्लो महिना युएइमा सम्पन्न भएको आईसीसी ट २० विश्वकप लगतै समितिले रोहितलाई टि २० फरम्याटको कप्प्तानमा नियुक्त गरेको थियो । विराटले विश्वकप अघि नै टि २० कप्तानी त्याग्ने घोषणा गरेका थिए ।

समितिको आजको निर्णय पश्चात अब रोहितले भारतको एकदिवसीय र टि २० फर्म्याटका कप्तानी गर्नेछन् । तर टेष्टको कप्तानी भने विराटले नै गर्नेछन् ।

टेष्ट फर्म्याटमा पनि समितिले अजिन्क्या रहाणेलाई उपकप्तानबाट हटाउँदै रोहितलाई उपकप्तानको जिम्मेवारी दिएको छ ।

रोहितले एकदिवसीयमा आसन्न दक्षिण अफ्रिकाबिरुद्धको तीन खेलको श्रृंखलाबाट कप्तानको भुमिका निर्वाह गर्नेछन् ।

सन् २०१७ बाट भारतको एकदिवसीय कप्तान बनेका विराटले ९५ खेलमा कप्तानी गर्दै ६५ मा जित र २७ मा हारको सामना गरेका थिए । विराटको कप्तानीमा भारतले एउटा एकदिवसीयमा बराबरी नतिजा बेहोरेको थियो भने दुई खेल नतिजा विहीन थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :