मनाङ्ग र पुलिसबिचको खेलअघि पोखरा रंगशालाको दृश्य (फोटो फिचर)

सरोज नेपाल

पोखरा । नेपाली फुटबलको सबैभन्दा ठूलो र आधिकारिक लिग प्रतियोगता कतार एयरवेज शहिद स्मारक ए डिभिजन लिगले आजबाट काठमाण्डौं बाहिर पहिलोपटक शुभारम्भ गर्दैछ ।

ए डिभिजन लिगको लामो इतिहासमा पहिलोपटक लिगको खेल काठमाण्डौं उपत्यकाबाहिर पोखरामा खेलिन लागेको हो ।

एएफसी लाइसेन्स् पाउनका लागि होम ग्राउण्ड हुनुपर्ने अनिवपार्य शर्तका कारण लिगको सबैभन्दा सफल क्लब मनाङ्ग मर्स्याङ्गदीले पोखरामा रहेको पोखरा रंगशालालाई आफ्नो होम ग्राउण्ड बनाएपछि ए डिभिजन लिग पहिलोपटक काठमाण्डौ बाहिर पुगेको हो ।

आज शनिबार लिग अन्तर्गत पाँचौं चरणका तीन खेलहरु हुँदा दुई खेल काठमाण्डौ त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा खेलिनेछ भने एक खेलमा पोखराको पोखरा रंगशालामा हुनेछ ।

पोखरा रंगशालामा दिउँसो २ बजेबाट शुरु हुने ए डिभिजन लिगको खेलमा होम टिम मनाङ्गले पाहुना टिम नेपाल पुलिस क्लबको सामना गर्नेछ ।

मनाङ्ग आज पुलिसलाई पराजित गर्दै शिर्ष स्थानमा उक्लने दाउमा हुनेछ । चार खेलबाट १० अंक जोडेको मनाङ्ग तालिकाको दोश्रो स्थानमा छ ।

समान खेलबाट ५ अंक जोडेको पुलिस तालिकाको आठौं स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :