मनाङ्गलाई हराउँदै मच्छिन्द्र शिर्ष स्थानमा,एएफसी कप खेल्न सातौं चरणको नतिजा कुर्नुपर्ने

काठमाण्डौं । कतार एयरवेज शहिद स्मारक ए डिभिजन लिगको हेभिवेट खेलमा मनाङ्ग मर्स्याङ्गदी क्लबलाई हराउँदै साविकको विजेता मच्छिन्द्र क्लब शिर्ष स्थानमा उक्लिएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार सम्पन्न छैठौं चरणको दोश्रो खेलमा मच्छिन्द्र क्लबले मनाङ्ग मर्स्याङ्गदी क्लबमाथि १–० गोल अन्तरको जित निकाल्ल्दै अंक तालिकाको शिर्ष स्थानमा आसिन भएको हो ।

रोमाञ्चक र नाटकिय बनेको खेलको ईन्ज्युरी समयमा सुनिल बलले सुन्दर फ्रि किक मार्फत गोल गर्दै मच्छिन्द्रलाई जित दिलाएका हुन् ।

खेल अवधिभर निक्कै प्रतिस्पर्धात्मक बनेको खेलको ईन्ज्यु्री समयको दोश्रो मिनटमा सुनिलले निकै नै आकर्षक फ्रि किक गोल गरेका थिए ।

जितसँगै मच्छिन्द्र ६ खेलमा १४ अंक जोड्दै शिर्ष स्थानमा उक्लिएको छ भने मनाङ्ग दोश्रो स्थानमा रहन बाध्य बनेको छ ।

आजको खेल जितेको भए मनाङ्ग सातौ चरणको खेल अघि नै एएफसी कपका लागि छनौट हुने थियो भने अब मनाङ्गले छनौटको नतिजाको निम्ति सातौं चरणसम्म कुर्नु पर्ने भएको छ ।

दोश्रोमा रहेको मनाङ्गको ६ खेलमा १३ अंक छ ।

सातौं चरणमा मनाङ्गले आफ्नै घरेलु मैदानमा ब्रिगेड बोइज क्लबसँग खेल्ने तालिका रहेको छ भने मच्छिन्द्रले नेपाल पुलिस क्लबको सामना गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :