विन्टर स्लाम रिङ्ग रेस्लिङ्ग भोली

काठमाडो । नेपाल रिङ्ग रेस्लिङ्ग संघको आयोजनामा प्रथम आरडब्लु विन्टर स्लाम राष्ट्रिय रेस्लिङ्ग प्रतियोगिता शनिवार हुने भएको छ ।

प्रतियोगिता बूढानीलकण्ठको चुनीखेल मैदानमा हुने प्रतियोगिताको तयारी पुरा भएको आयोजक संघकी महासचिव सुवर्ण श्रेष्ठले जानकारी गराइन् ।

प्रतियोगितामा विभिन्न ५ स्पर्धामा प्रतिस्पर्धा हुने छ । पाँचै विधामा नगद पुरस्कार राखिएको छ । हेभी वेट च्याम्पियनले ८० हजार, हार्डकोर च्याम्पियनले ६० हजार, मिडल वेट च्याम्पियनले ५० हजार, ट्याग टिम च्याम्पियनले ४५ हजार तथा लाइट वेट विजेताले २५ हजार नगद पुरस्कार पाउने छन् ।

नुवाकोटे टाइगर, चट्टान, डेभिड, टुप्पी ग्याङ, एक्स हिरो, लेडी एन्जल, तन्नु, सिजे, एससी, किङ रोबोर्ट, जोन, बाका, युबिएललगायतका खेलाडीको सहभागिता रहने बताइएको छ । प्रतियोगितामा बूढानीलकण्ठ नगरपालिका वडा १३ को विशेष सहयोग रहने आयोजकले जनाएको छ ।

वडा १३ का अध्यक्ष श्रीकृष्ण श्रेष्ठले यस अघिको पत्रकार सममेलनमा स्थानिय पर्यटनको प्रवद्र्धनमा प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्दै सक्दो सहयोग गर्ने प्रतिबद्धता गरेका थिए ।

आयोजकका अनुसार प्रतियोगिता सञ्चालन गर्न करिब १५ लाख रुपैयाँ खर्च हुने छ ।

जलवायु दिवासको उपलक्ष्यमा दोश्रो आरडब्लु विन्टर स्लाम सिन्धुपोलचोकको वुफडाँडामा आईतवार नै हुने संघकी महासचिव सुवर्ण श्रेष्ठले जानकारी गराइन् । जिल्ला विकास समन्वय समिति सिन्धुपालचोक र नेपाल रिङ्ग रेस्लिङ्ग संघको आयोजनामा हुने प्रतियोगितामा विभिन्न ५ स्पर्धामा प्रतिस्पर्धा हुने छ ।

हेभी वेट च्याम्पियनले ७५ हजार, हार्डकोर च्याम्पियनले ६५ हजार, मिडल वेट च्याम्पियनले ४० हजार, ट्याग टिम च्याम्पियनले ४० हजार तथा लाइट वेट विजेताले ३५ हजार नगद पुरस्कार पाउने आयोजकले जनाएको छ ।

प्रतियोगिताको अनुमानित बजेट १० लाख रहेको छ । दोश्रो आरडब्लु विन्टर स्लाममा पनि नुवाकोटे टाइगर, चट्टान, डेभिड, टुप्पी ग्याङ, एक्स हिरो, लेडी एन्जल, तन्नु, सिजे, एससी, किङ रोबोर्ट, जोन, बाका, युबिएललगायतका चर्चित खेलाडीको पनि सहभागिता रहने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :