पहिलो हाफमा एनआरटीको अग्रता

काठमाण्डौं । फ्रेण्ड्स क्लबबिरुद्ध जारी कतार एयरवेज शहिद स्मारक ए डिभिजन लिगको खेलमा न्युरोड टिम (एनआरटी) ले अग्रता कायम गरेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी फ्रेण्ड्सबिरुद्धको खेलको पहिलो हाफमा एनआरटीले २–० गोल अन्तरको अग्रता कायम गरेको हो ।

एनआरटीका लागि स्टेफन समिर र मेसोके ओलेमावले एक एक गोल गरे ।

फ्रेण्ड्स जारी लिगमा जिविहिन अवस्थामा छ र तालिकाको पुछारमा छ । फ्रेण्ड्सको ६ खेलमा जम्मा ३ अंक छ ।

एनआरटी भने जारी लिगको ६ खेलमा ७ अंक जोडेर तालिकाको आठौं स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :