एन्फाको कार्यकारिणी बैठकको निरन्तरता आज

काठमाण्डौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को वर्तमान कार्यसमितिको १५औं कार्यकारिणी स्थगित बैठक आज दोश्रो दिन पनि बस्दैछ ।

एन्फाको बिहिबार बसेको कार्यकारिणी समितिको बैठकमा तय गरिएका एजेण्डाहरुमा निष्कर्ष निस्कन नसक्दा स्थगित आज पुन बस्ने गरी स्थगित गरेको थियो ।

एन्फाले बिहिबार एजेण्डाहरुमा निष्कर्ष निस्कन नसक्दा आज बैठक बसेर ठोस निष्कर्षसहितको निर्णय सार्वजनिक गर्ने समेत जनाएको छ ।

आज एन्फाको बैठकका निम्ति १८ मुख्य एजेण्डामा हुने तालिका तय गरिएपनि सबै एजेण्डामा छलफल हुन सकेन ।

बैठकका लागि तय गरिएको एजेण्डाहरु

१.नेपाली राष्ट्रिय फुटबल टिमका खेलाडीहरुलाई पुरस्कृत गर्ने सम्बन्धमा ।

२. राष्ट्रिय टिमको मैत्रीपूर्ण खेल सञ्चालन गर्ने सम्बन्धमा ।

३. शहिद स्मारक ‘ए’ ‘बी’ र ‘सी’ डिभिजन लिग प्रतियोगिता सम्बन्धमा ।

४. महिला राष्ट्रिय लिग सम्बन्धमा ।

५. विभिन्न समिति तथा उप समितिहरुको गठन तथा पूनर्गठन सम्बन्धमा ।

६. आर्थिक कर्मचारी नियमावली संशोधन सम्बन्धमा ।

७. राष्ट्रिय टिम विदेश भ्रमणमा जाँदाको पेश्की सम्बन्धमा र खेलाडीहरु तथा टिममा सहभागी प्रशिक्षक एबम् अफिसियलहरुको सेवा सुविधा सम्बन्धमा ।

८. फिफाद्वारा प्रदान गरिएका आर्थिक निर्देशन तथा अनुसन्धानको सुझावहरु पालना गर्ने सम्बन्धमा ।

९. विभिन्न र्मिाण कार्यहरुबाट बाँकी रकम सदुपयोग गर्ने तथा फिजियो थेरापीको सामान खरिद गर्ने सम्बन्धमा ।

१०. एन.एस.एल. को सम्झौता सम्बन्धमा ।

११. जिल्ला, प्रदेश, एन्फा प्रेसिडेन्ट कप तथा राष्ट्रिय लिग सम्बन्धमा ।

१२. जिल्ला तथा प्रदेश फुटबल संघ लगाएत अन्य सदस्य संघहरु (खेलाडी, रेफ्रि, प्रशिक्षक तथा महिला)को निर्वाचन तथा साधारण सभा बैठक सम्बन्धमा ।

१३. संघको नियमित साधारण सभाको बैठक सम्बन्धमा ।

१४. निर्वाचन निर्देशिका सम्बन्धमा।

१५. आर्थिक सहयोग तथा औषधि उपचार खर्च सम्बन्धमा ।

१६. संघले सञ्चालन गर्ने विभिन्न कार्यक्रम, प्रतियोगिताहरु लगाएत प्रशिक्षणहरुमा लिने शुल्क सम्बन्धमा ।

१७. संघको विभिन्न कार्यक्रम तथा प्रतियोगिता सभा सेमिनार बैठकहरुमा प्रतिनिधित्व गर्दै सहभागी हुने खेलाडी, पदाधिकारी, प्राविधिक, कर्मचारी तथा प्रतिनिधिहरुको दैनिक भ्रमण भत्ता परिमार्जन गर्ने सम्बन्धमा ।

१८. बार्षिक कार्यक्रम तथा बजेट सम्बन्धमा ।

१९. त्रिदेशीय फुटबल प्रतियोगिताको गेट टिकट बिक्रि वापत प्राप्त रकम सम्बन्धमा

यसअघि तय भएको एजेण्डा १३ र १४ को एजेण्डा परिमार्जन गरिएको पनि एन्फाले जनाएको छ । जस परिमार्जित एजेण्डा अनुसार १३ नम्बर एजेण्डामा संघको नियमित साधारण सभा (एन्फा कंग्रेस) बैठक तथा संघको निवाचन मिति सम्बन्धमा भनेर राखिएको छ ।

यसैगरी १४ नम्बर बुँदामा निर्वाचन नियमावली तथा निर्वाचन समिति गगठन गर्ने सम्बन्धमा भनि परिमार्जन गरिएको छ ।
यसैगरी बैठकमा अर्को एजेण्डा पनि थप गर्दै २० औं नम्बरमा त्रिदेशीय फुटबल प्रतियोगिताको गेट टिकट बिक्रि वापत प्राप्त रकम सम्बन्धमा छलफल गर्ने तय गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :