एन्फा कार्यसमिति निर्वाचन आगामी जेठमा हुने

काठमाण्डौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को कार्यसमिति निर्वाचन आगामी वर्षको जेठमा हुने भएको छ ।

सातदोबाटोस्थित एन्फा मुख्यालयमा दुईदिन लामो चलेको कन्द्रिय कार्यकारिणी बैठकले एन्फाको कार्यसमिति निर्वाचन आगामी वर्षको जेठ १५ गते गर्ने निर्णय गरेको हो ।

यस्तै एन्फाले यसै वर्षको माघ २० गते भित्र जिल्ला तथा प्रदेश फुटबल संघ लगायत सदस्य संघहरुको निर्वाचन तथा साधारण सभाको निम्ति निर्वाचन नियमावली तथा निर्वाचन निर्देशिका बनाई जारी गरी माघ २९ गते एन्फा बिशेष साधारण सभा बोलाउने तय भएको छ ।

बिहिबार र शुक्रबार बसेको कार्यकारिणी बैठकले फागुन १५ देखि ३० गते भित्र जिल्ला संघ लगायत सदस्य संघहरुको निर्वाचन गर्ने भएको छ । त्यसपछि चैत्र १ देखि १० गते भित्र प्रदेश संघको निर्वाचन गर्ने र २०७९ जेष्ठ १५ गते चुनावी साधारण सभा गर्ने एन्फाले निर्णय गरेको छ ।

निर्वाचनका लागि कार्यसमिति सदस्य किरण राईको संयोजकत्वमा ८ सदस्यीय र मधुसुदन उपाध्याय उप–संयोजक र कार्यसमिति निर्वाचन नियमावली मस्यौदा समिति गठन गरिएको छ । यो समितिले संघ, जिल्ला फुटबल संघ,सदस्य संघहरु र कार्यसमितिको निर्वाचन गर्न नियमावली मस्यौदा तयार गरी आगामी कार्यकारिणी बैठकमा पेश गर्नेछ ।

यस समितिमा किरण राई संयोजक,मधुसुदन उपाध्याय उप संयोजक रहेका छन् भने सदस्यहरु रत्न कुमार श्रेष्ठ, दिर्घ बहादुर केसी, पुर्णमान चित्रकार, पेमा डोल्मा, दावा लामा,प्रदेश सिंह राठौर र दिनेश व्यन्जनकार रहेका छन् ।

एन्फाको वर्तमान कार्यसमिति २०७५ बैशाख २२ गते निर्वाचित भएको थियो । उक्त निर्वाचनले कर्माछिरिङ्ग शेर्पालाई अध्यक्षमा चयन गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :