राष्ट्रव्यापी खुल्ला स्कुल बक्सिङ्ग प्रतियोगिता हुने

काठमाण्डौं । प्रथम राष्ट्रव्यापी खुल्ला स्कुल ब्वाइज एण्ड गर्ल्स बक्सिङ्ग प्रतियोगिता आयोजना हुने भएको छ ।

नेपाल बक्सिङ्ग संघ र खेलकुद aप्रवद्र्धन संस्था नेपालको आयोजनामा प्रथम राष्ट्रव्यापी खुल्ला स्कुल ब्वाइज एण्ड गर्ल्स बक्सिङ्ग प्रतियोगिता हुन लागेको हो ।

प्रतियोगिता माघ २२ देखि २५ गतेसम्म सातदोबाटोस्थित नेपाल कराँते संघको हलमा संचालन हुनेछ ।

प्रतियोगितामा १२ देखि १४ वर्ष उमेर समूहका खेलाडीहरुको सहभागिता रहने आयोजनक बक्सिङ्ग संघले जनाएको छ ।

प्रतियोगितामा पुरुषतर्पm ३५ किलो, ३७ किलो, ४० किलो, ४३ किलो, ४६ किलो,४९ किलो ५२ किलो, ५५, किलो ५८ किलो र ६१ किलो गरी जम्मा १० वटा तौल समुहमा प्रतिस्पर्धा हुनेछ ।

यस्तै महिलातर्पm ३५ किलो, ४० किलो, ४३ किलो, ४६ किलो, ४९ किलो, ५२ किलो, ५५ किलो र ६० किलो गरी जम्मा ८ वटा तौल समुहमा खेल खेलाइनेछ ।

प्रतियोगितामा स्वर्ण, रजत र कास्य पदक विजेतालाई नगद पुरस्कार प्रदान गरिने तर पुरस्कार राशिको बारेमा भने संघले निर्णय नभएको जनाएको छ ।

प्रतियोगितामा काठमाण्डौं उपत्यका बाहिरबाट खेल्न आउने खेलाडीलाई दैनिक एक हजार भत्ता प्रदान गर्ने संघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :