जोकोभिच अष्ट्रेलियन ओपन खेल्ने खेलाडीमा सूचिकृत

टेनिस स्टार नोभाक जोकोभिच अष्ट्रेलियन ओपन टेनिस प्रतियोगिताका खेल्ने खेलाडीको रुपमा सूचिकृत भएका छन् ।

कोरोना भाइरसविरुद्धको खोप नलगाएका कारण अष्ट्रेलियन सरकारले अष्ट्रेलिया प्रवेशमा रोक लगाइएसँगै प्रतियोगितामा जोकोभिचको सहभागिता अनिश्चित बनेको छ।

तर उनलाई आयोजकले भने विश्व नम्बर एक खेलाडीको रुपमा ओपन टेनिस खेल्ने खेलाडीको पहिलो वरियतामा सूचिकृत गरेको हो।

यस्तै गत वर्ष जोकोभिचलाई युएस ओपनमा पराजित गरेका रुसका ड्यानिल मेदभेदेभ अष्ट्रलेलियन ओपनका लागि दोस्रो वरियतामा सूचिकृत हुँदा अलेक्जेन्डर भेरेभ, स्टेफानोस सिट्सीपास र एन्ड्री रुवलेभ क्रमश तेस्रो, चौथो र पाँचौ वरियतामा सूचीकृत भएका छन् ।

जोकोभिचलाई सोमबार एक न्यायाधिशले उनको भिसा रद्द नगर्न तथा उनलाई मेलवर्नको अध्यागमन हिरासतबाट छाड्न निर्देशन दिएको थियो ।

उनलाई अष्ट्रेलीयन सरकारले भने फिर्ता पठाउने तयारी गरिरहेको छ ।

यसै महिना शुरु हुने अष्ट्रेलीयन ओपन खेल्न अष्ट्रेलीया पुगेका जोकोविकले कोरोना महामारीको स्वास्थ्य शतर्कताको नियम पालना नगरेको भन्दै त्यहाँको सरकारले फिर्ता पठाउने निर्णय गरेको थियो ।

सर्वियाका जोकोविकलाई शुरुमा अष्ट्रेलीयाको सरकारले अष्ट्रेलीयन ओपन खेल्नका निम्ति भिसा दिएको भएपनि कोरोना महामारीको स्वास्थ्य प्रोटोकोल पुरा नगरी देशमा प्रवेश गरेकोमा कारवाही गर्ने निर्णय गरेको हो ।

जोकोविकलाई अहिले अष्ट्रेलीयन सरकारले अवैधमा रुपमा देश प्रवेश गरेकाहरुलाई राखेको होटलमा राखेको छ ।

जोकोविकले यसअघि पनि कोरोना खोपको बिरुद्धमा बोल्दै आएका थिए ।

अष्ट्रेलीयन ओपन जनवरी १७ बाट शुरु हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :