टोटनहमलाई हराउँदै चेल्सी कारबाओ कपको फाईनलमा

टोटनहमलाई कारबाओ कप सेमिफाईनल खेलमा समग्रमा ३–० गोल अन्तरले हराउँदै चेल्सी फाइनलमा पुग्न सफल भएको छ ।

घरेलु मैदानमा कारबाओ कप सेमिफानईल चरणको दोश्रो खेलमा टोटनहम चेल्सीसँग १–० गोल अन्तरले पराजित भएको हो । यसअघि भएको पहिलो लेगमा पनि टोटनहम २–० गोल अन्तरले हार्न पुगेको थियो ।

बुधबार राति सम्पन्न दोश्रो लेगको खेलमा चेल्सीलाई जित दिलाउन एन्टोनियो रुडिगरले गरेको एकमात्र गोल नै निर्णायक बन्न पुग्यो ।

खेलको १८औं मिनटमा मेसन माउण्टको क्रसलाई सदुपायोग गर्दै रुडिगरले हेडर गोल गर्दै चेल्सीलाई शुरुवाती अग्रता दिलाएका थिए ।

पहिलो हाफमा १–० को अग्रता लिएको चेल्सीले दोश्रो हाफमा टोटनहमलाई गोल फर्काउनबाट रोक्दै उपाधि भिडन्तमा स्थान पक्का गर्याे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :