आइभरी कोस्टको विजयी शुरुवात

ईक्वेटोरियल गिनियालाई हराउँदै आईभरी कोस्टले अफ्रिकन कप अफ नेशन्स् (एफकन) मा विजयी शुरुवात गरेको छ ।

क्यामरुनको ओम्नीस्पोर्ट स्टेडियममा बुधबार राति सम्पन्न एफकनको समूह ई को खेलमा आईभरी कोस्टले गिनियामाथि १–० गोल अन्तरको जित निकाल्दै विजयी शुरुवात गरेको हो ।

आईभरीको जितमा म्याक्स एलेन ग्रेडेलले निर्णायक गोल गरे ।

खेलको पाँचौं मिनटमा नै बक्सबाहिरबाट ग्रेडेलले गोल गर्दै आईभरीलाई शुरुवाती अग्रता दिलाएका थिए ।

इबान साल्भाडोरले गरको प्रहार पोष्टभन्दा परबाट बाहिरिदा गिनियाले खेलमा बराबरी गर्ने मौका गुमाएको थियो ।

यसै समूहको अर्काे खेलमा सियरा लिओन र अल्जेरियाले बराबरी खेलेपछि आइभरी स्पष्ट तीन अंक जोड्दै समूहको शिर्ष स्थानमा पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :