आयोजक पोखरालाई हराउँदै आर्मी दोश्रो स्थानमा

पोखरा । विभागीय टोली त्रिभुवन आर्मी क्लबले दोश्रो संस्करणको टाइगर कप आमन्त्रित राष्ट्रिय क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबलको महिलातर्फ दोश्रो जित हासिल गरेको छ ।

पोखरा रंगशालास्थित भलिबल ट्रेनिङ सेन्टरमा बिहीबार भएको प्रतियोगिता अन्तर्गत आफ्नो तेश्रो खेलमा आयोजक टाइगर ग्रुप अफ पोखरालाई ३(१ को सेटमा पराजित गर्दै आर्मीले दोश्रो जित हासिल गरेको हो ।

पोखराविरुद्ध अघिल्ला दुई २५-२२ र २५-१९ को सेटमा जितेको आर्मीले तेश्रो सेट १६-२५ ले गुमाएको थियो । यस्तै चौंथो सेट २६-२४ ले जित्दै आर्मी ले खेल आफ्नो पक्षमा पारेको हो ।

यस जितसँगै तीन खेलबाट ६ अंक जोडेको आर्मी दोश्रो स्थानमा उक्लिएको छ । आर्मीको फाइनल सम्भावना बलियो बनेको छ । शिर्ष स्थानको न्यु डायमण्डको ७ अंक रहेको छ ।

यता आयोजक पोखराको भने प्रतियोगितामा लगातार यो तेश्रो हार हो । यसँगै गण्डकी एक खेल अगावै प्रतियोगिताबाट बाहिरीएको छ ।

टाइगर ग्रुप अफ पोखराको आयोजनामा जारी प्रतियोगिताको फाइनल खेल माघ १ गते हुनेछ । प्रतियोगितामा पुरुषतर्फ गण्डकी प्रदेश, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, नेपाल एपिएफ क्लब र टिप टप हेल्प नेपाल स्पोर्ट्स क्लब गरि पाँच टोली सहभागि छन् ।

यस्तै महिलातर्फको सहभागि पाँच टोलीमा आयोजक टाइगर ग्रुप अफ पोखरा नेपालसहित नेपाल पुलिस क्लब, नेपाल एपिएफ क्लब, त्रिभुवन आर्मी क्लब र होङ्गान्जी न्यू डायमण्ड स्पोर्ट्स क्लब रहेका छन्।

प्रतियोगिताको विजेता महिला तथा पुरुष टिमले समान ३ लाख प्राप्त गर्दा उपविजेता टोलीले १ लाख ५० हजार तथा तृतियले हुनेले ७५ हजार प्राप्त गर्नेछ ।

त्यस्तै सान्त्वना हुने टोलीले ३५ हजार प्राप्त गर्ने आयोजकले जनाएको छ ।

महिला तथा पुरुषतर्फको सर्वोत्कृष्ट खेलाडीले समान २५ हजार प्राप्त गर्दा हरेक विधाका उत्कृष्ट ९स्पाइकर, सेटर, ब्लकर, सर्भर, लिवेरो र प्रशिक्षक० ले समान १०–१० हजार प्राप्त गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :