टर्नपाइक इभेन्ट र नेपाल बास्केटबल संघबीच सम्झौता

काठमाण्डौं । टर्नपाइक इभेन्ट प्रालिको आयोजना र नेपाल बास्केटबल संघको प्राबिधिक सहयोगमा ‘राष्ट्रिय बास्केटबल लिग’ हुने भएको छ ।

टर्नपाइकले बिहिबार पत्रकार सम्मेलन गरी नेपालमा बास्केटबलको फ्रेन्चाईज लिग पहिलो पटक ‘राष्ट्रिय बास्केटबल लिग’ हुने बारेमा जानकारी गराएको हो ।

नेपालमा बास्केटबलको फ्रेन्चाईज लिग पहिलो पटक हुन लागेको आयोजक टर्नपाइक इभेन्ट प्रालिका डाईरेक्टर आलोक प्रताब रानाले बिहीबार पत्रकार सम्मेलनमा जानकारी गराए ।

उनले भने,‘हामी केहि फरक गर्न चाहन्छौं, अहिलेको बास्केटबललाई कसरी माथी उठाउन सकिन्छ,त्यो नै हाम्रो मुख्य उद्देश्य हो । विकास माथीबाट होईन ग्रासरुटबाट हुनु पर्छ भन्ने हाम्रो मान्यता हो । हामी नेपाल बास्केटबल संघसँग सहकार्य गरेर उचाईमा पुर्याउन चाहन्छौं, त्यो ब्यावसाहिक खेलकुदबाट मात्र सम्भाव छ । त्यसको शुरुवात अब बाट हुने छ ।’

पत्रकार सम्मेलनमा नेपाल बास्केटबलका कार्यवाहक अध्यक्ष भिमसिंह गुरुङले ऐतिहासिक दिनको भएको बताए । उनले भने– ‘राष्ट्रिय बास्केटबल लिग’ ले खेलको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने छ । यस लिगलाई मध्यनजर गर्दै संघले पेशेवर खेलाडी र प्रशिक्षकको दर्ता गर्नेछ । खेलाडीहरूलाई ए र बी गरि दुई वर्गमा विभाजन गरी दर्ता गरिने छ । १३ औं सागको प्रशिक्षण रहेका खेलाडी ए बर्गमा रहने छन भने अन्य सम्पूर्ण बी बर्गामा समावेश भएर खेल्ने छन् ।’

अध्यक्ष गुरुङले मौफसलमा पनि बास्केटबलको विकासको उद्देश्यले उपत्यका बाहिरका ३० प्रतिशत खेलाडीलाई प्रतियोगितामा समावेश गराउने सोच रहेको बताए । अध्यक्ष गुरुङले उच्च श्रेणीको लिगको संज्ञा दिदै खेल सञ्चालनका प्राविधिक पक्षको जिम्मा नेपाल बास्केटवल संघले लिएको जानकारी दिए ।

काठमाडौ, ललितपुर, कीर्तिपुर, पोखरा, भक्तपुर, धरान, विराटनगर, चितवन र बुटवल–धनगढीका शहरहरूको प्रतिनिधत्व गर्ने गरि संचालन हुने ‘राष्ट्रिय बास्केटबल लिग’ आयोजकका डाईरेक्टर प्रशुन श्रेष्ठले टर्नपाइक इभेन्टको अधिनमा रहेको राष्ट्रिय बास्केटबल लिगमा ८ फ्रेन्चाइज क्लबहरूको संरचना घोषणा गरि क्लवहरूसँग लिइने लाईसेन्स फि बापतको ४० प्रतिशत रकम टर्नपाइकले सम्झौता अनुसार नेपाल बास्केटबल संघलाई उपलब्ध गराउने छ ।

दशरथ रङ्गशालास्थित बहुधेश्यीय कर्भडहलमा संचालन हुने लिगका लागि प्रत्येक क्लबमा १० नेपाली हुनेछन् भने अन्तर्राष्ट्रिय २ खेलाडी रहने छन् । क्लबमा मुख्य प्रशिक्षक १, साहायक प्रशिक्षक १ फिजियो १ र म्यानेजर एकजना हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :