टाईगर कपः आर्मीको महिला टोलि फाईनलमा

पोखरा । त्रिभुवन आर्मी क्लबको महिला टोलि दोश्रो संस्करणको टाईगर कप महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ ।

पोखरा रंगशालास्थित भलिबल ट्रेनिङ्ग सेन्टरमा शुक्रबार सम्पन्न महिलतर्फको खेलमा नेपाल पुलिस क्लबलाई ३–१ को सेटमा पाखा लगाउँदै आर्मीले फाईनल स्थान सुरक्षित गरेको हो ।

आर्मीले पुलिससँग पहिलो सेटमा २१–२५ को हार बेहोरेको थियो भने त्यसपछि लगातार तीनि सेट आफ्नो पक्षमा पारेको थियो ।

आर्मीले पुलिसँगको दोश्रो सेट २५–१८,तेश्रो सेट २५–२१ र चौथो सेट २५–१३ अंकले जितेको थियो ।

जितसँगै आर्मीले ४ खेलमा ९ अंक जोड्दै फाईनलको बाटो तय गर्यो ।

अब आर्मीले ७ अंक रहेको न्यु डायण्मण्ड अथवा ५ अंक रहेको नेपाल एपीएफ क्लबसँग फाईनलमा प्रतिस्पर्धा गर्नेछ ।

प्रतियोगितामा महिला र पुरुषतर्फ समान ५–५ टोलि रहेका छन् ।

उपाधि विजेताले ३ लाख नगद पुरस्कार प्राप्त गर्नेछ भने उपविजेताले साढे एक लाखमा चित्त बुझाउनेछ । यस्तै तेश्रोले ७५ हजार नगद प्राप्त गर्नेछ ।

यसैगरी महिला तथा पुरुषतर्फ उत्कृष्ट खेलाडीलाई समान २५÷२५ हजार तथा हरेक विधाका उत्कृष्ट खेलाडीलाई समान १०÷१० हजार नगद पुरस्कार वितरण गरिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :