पुलिस पीएम कप टि २० को सेमिफाईनलमा

काठमाण्डौं । काठमाण्डौंमा जारी पीएम कप टि २० राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा लगतार तीन खेलमा जित निकाल्दै नेपाल पुलिस क्लब सेमिफाईनलको नजिक पुगेको छ ।

किर्तिपुरस्थित टियु क्रिकेट मैदानमना शुक्रबार समपन्न समूह ए को खेलमा पुलिसले कर्णाली प्रदशेमाथि ८९ रनको फराकिलो जित हासिल गरेको हो । यो पुलिसको जारी िप्रतियोगितामा लगातार तेश्रो जित हो ।

यो जितसँगै पुलिसको सेमिफाईनल पुग्ने सम्भावना बलियो बनेको छ ।

आजको खेलमा पुलिसले प्रस्तुत गरेको २४५ रनको विशाल लक्ष्य पछ्याएको कर्णालीले २० ओभरमा ९ विकेटको क्षतिमा जम्मा १५५ रनमात्र जोड्न सक्यो

कर्णालीका लागि प्रकाश जैसीले ४७ बलमा ६८ रनको अर्धशतकिया पारी खेलेपनि अनय ब्याट्सम्यानले गतिलो साथ दिन सकेनन् ।

पुलिसका लागि ब्याटिङ्गमा ६२ रनको शानदार पारी खेलेको दिपेन्द्रसिंह ऐरीले बलिङ्मा पनि २ विकेट लिए भने योगेन्द्रसिंह कार्कीले पनि दुई विकेट हात पारे । यस्तै पवन सर्राफ, कुशल भुर्तेल, करण केसी, गुल्शन झाले समान एक–एक विकेट लिए ।

यस अघि टस जितेर पहिले ब्याटिङ्ग गरेको पुलिसले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २ सय ४४ रनको कुल योगफल तयार पारेको थियो ।

पुलिसका लागि ओपनर कुशल भुर्तेलले विष्फोटक ब्याटिङ्ग गर्दै ३९ बलमा ९ चौका र ३ छक्काको मद्दतमा सर्वाधिक ८२ रनको योगदान गरे ।

यसबाहेक दिपेन्द्र सिंह ऐरीले २८ बलमा ९ चौका र २ छक्काको सहयोगमा ६२ रनको विष्फोटक पारी खेले ।

कर्णालीका बलिङ्गतर्फ अनुज चुनारा, प्रकाश जैसी र रविन्द्र शाहीले समान दुई–दुई विकेट लिए ।

खेलको म्यान अपल दि म्याच कुशल भुर्तेल घोषित भए ।

समूह ए को शिर्ष स्थानमा रहेको पुलिसको तीनि खेलमा ६ अंक छ भने दोश्रो स्थानमा रहेको त्रिभुवन आर्मी क्लबको ३ खेलमा ५ अंक छ ।

कर्णाली भने ४ खेलमा २ अंकका साथ चौथो स्थानमा छ ।

आजै मुलपानी क्रिकेट मैदानमा भएको समूह ए को खेलमा त्रिभुवन आर्मी क्लबले पीएम कप टी–ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा दोश्रो जित हासिलगरेको छ । 

समूह ‘ए’ अन्तर्गत मुलपानी क्रिकेट मैदानमा सुदुरपश्चिम प्रदेशलाई ३ विकेटले पराजित गर्दै आर्मीले चार खेलमा दोश्रो जित दर्ता गरेको हो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :