हिमालयनमाथि एपीएफको साँघुरो जित

काठमाण्डौं । कतार एगरवेज शहिद स्मारक ए डिभिजन लिगमा विभागीय टोली नेपाल एपीएफ क्लबले हिमालयन शेर्पामाथि साँघुरो जित निकालेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार सम्पन्न नवौं चरणको पहिलो खेलमा एपीएफले हिमालयनलाई १–० गोल अन्तरले हराएको हो ।

एपीएफको जितमा आवाश लामिछानेले गरेको एकमात्र गोल नै निर्णायक बन्न पुग्यो ।

खेलको दोश्रो मिनटमा नै एपीएफले आशिष लामाको गोलमा अग्रताको मौका पाएको थियो तर उनको गोल अफसाईड पोजिसनबाट हुन पुग्दा एपीएफ निराश बनेको थियो ।

उनले खेलको पहिलो हाफको ईन्ज्युरी समयमा पाएको कर्नरमा नवीन लामाका क्रसमा हेडर गोल गर्दै एपीएफलाई शुरुवाती अग्रता दिलाएका थिए ।

प्रतिस्पर्धात्मक बनेको खेलको दोश्रो हाफमा पनि दुबै टोलिले गोलका समान २–२ ठूला अवसरहरु पाएका थिए । तर अवसर गोलमा परिणत हुन नसक्दा खेलमा एपीएफले स्पष्ट तीन अंक हासिल गर्याे ।


खेलको म्यान अफ दि म्याच एपीएफका नवीन लामा भए भने इमर्जिङ्ग प्लेयर एपीएफका गोलकर्ता आवाशलाई घोषित गरियो ।

जितसँगै ९ खेलमा १० अंक जोडर एपीएफ तालिकाको आठौं स्थानमा उक्लिएको छ भने हारको सामना गरेको हिमालयन शेर्पा ९ खेलमा ११ अंकका साथ छैठौं स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :