हेल्प नेपाल टाईगर कप भलिबलको फाइनलमा

पोखरा । गण्डकी प्रदेशलाई हराउँदै टिप टप हेल्प नेपाल स्पोर्ट्स क्लबको पुरुष टोलि टाईगर कप महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ ।

पोखरा रंगशालास्थित भलिबल ट्रेनिङ्ग सेन्टरमा शुक्रबार सम्पन्न पुरुषतर्फको खेलमा हेल्प नेपालले गण्डकीमाथि ३–० को सोझो सेटमा जित निकाल्दै फाइनलमा स्थान पक्का गरेको हो ।

हेल्प नेपालले आर्मीमाथि पहिलो सेटमा २५–१८ को जित निकालेको थियो भने दोश्रो सेटमा २५–१६ ले आर्मीलाई पाखा लगायो ।

यस्तै तेश्रो सेटमा हेल्प नेपालले आर्मीमाथि २५–२३ को जित दर्ता गर्दै फाईनलमा स्थान सुरक्षित गरेको थियो ।

जितसँगै हेल्प नेपालको ४ खेलबाट १० अंक छ भने ३ अंकमात्र भएको गण्डकीको फाइनल समभावना टुङ्गिएको छ । अब हेल्प नेपालले आर्मी र पुलिसबीचको विजेतासँग शनिबार हुने फाईनलमा उपाधि भिडन्त गर्नेछ ।

उपाधि विजेताले ३ लाख नगद पुरस्कार प्राप्त गर्नेछ भने उपविजेताले साढे एक लाखमा चित्त बुझाउनेछ । यस्तै तेश्रोले ७५ हजार नगद प्राप्त गर्नेछ ।

यसैगरी महिला तथा पुरुषतर्फ उत्कृष्ट खेलाडीलाई समान २५÷२५ हजार तथा हरेक विधाका उत्कृष्ट खेलाडीलाई समान १०÷१० हजार नगद पुरस्कार वितरण गरिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :