त्रिभुवन आर्मी टाईगर कप भलिबल च्याम्पियनसिपको फाइनलमा

पोखरा । नेपाल पुलिस क्लबलाई पाखा लगाउँदै त्रिभुवन आर्मी क्लब पुरुष टोलि टाईगर कप महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ ।

पोखरा रंगशालास्थित भलिबल ट्रेनिङ सेन्टरमा शुक्रबार नेपाल पुलिस क्लबलाई ३–० को साभो सेटमा हराउँदै आर्मी फाईनलमा पुग्न सफल भएको हो ।

आर्मीले पुलिसलाई पहिलो सेटमा २५–१५,दोश्रो सेटमा २५–१८ र तेश्रोमा २५–१३ अंकले पाखा लगाएको हो ।

अब आर्मीले शनिबार हुने उपाधि भिडन्तमा टिपटप हेल्प नेपालसँग प्रतिस्पर्धा गर्नेछ ।

यसअििघ आजै सम्पन्न भएको खेलमा साविकको विजेता गण्डकी प्रदेशलाई ३–० को सोझो सेटमै हराउँदै टिपटप हेल्प नेपालले फाईनलमा आफ्नो स्थान सुरक्षित गरेको थियो ।

उपाधि विजेताले ३ लाख नगद पुरस्कार प्राप्त गर्नेछ भने उपविजेताले साढे एक लाखमा चित्त बुझाउनेछ । यस्तै तेश्रोले ७५ हजार नगद प्राप्त गर्नेछ ।

यसैगरी महिला तथा पुरुषतर्फ उत्कृष्ट खेलाडीलाई समान २५÷२५ हजार तथा हरेक विधाका उत्कृष्ट खेलाडीलाई समान १०÷१० हजार नगद पुरस्कार वितरण गरिनेछ ।

यो पनि पढ्नुहोस्ः टाईगर कपः आर्मीको महिला टोलि फाईनलमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :