एनएनआइपीए भन्छः खेलाडीको मिहिनेत एकातिर,राखेप र मन्त्रालयको ताक अर्काेतिर

काठमाण्डौं । राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघ (एनएनआइपीए) ले राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा कार्यकारी प्रमुख नहुनुलाई बहाना बनाएर खेल क्षेत्रलाई ठप्प बनाउन नहुने जनाएको छ ।

एनएनआइपीएले शुक्रबार एक विज्ञप्ति जारी गर्दै अदालतमा राखेप सदस्यसचिवको मद्दाले टुङ्गो नपाउँदा खेल क्षेत्र अनिर्णयको बन्दी बनेको र त्यही बहानामा राखेपको कर्मचारीतन्त्र मुखदर्शक मात्र बनेर बसेको आरोप लगाएको हो ।

कोभिड १९ महामारीको प्रभाव तथा नेपाली खेलकुदका सरोकारवाला निकायहरुको उदासिनताका कारण गतवर्ष नै गण्डकी प्रदेशमा हुनुपर्ने नवौं वृहत राष्ट्रिय खेलकुद महोत्सव अझैसम्म हुन नसकेको एनएनआइपीएले विज्ञप्तिमा उल्लेख गरेको छ ।

राष्ट्रिय खेलकुद परिषदले गरेको पछिल्लो समय घोषणा गरे अनुरुपा आउँदो फागुनमा नवौ राष्ट्रिय खेलकुद हुनुपर्नेमा अहिले जिल्ला र प्रदेशका छनोट तालिका अझैसम्म सार्वजनिक नहुनुले राखेप र युवा तथा खेलकुद मन्त्रालय गम्भीर नरहेको प्रमाणित हुने एनएनआइपीएको बुझाइ छ ।

एनएनआइपीएले नवौं राष्ट्रिय खेलकुद आगामी सेप्टेम्बरमा चीनमा हुने १९औं एशियाली
खेलकुदको राष्ट्रिय छनोटको रुमपा रहने भएकोले अब ढिलो गर्न नहुने जनाएको छ ।

यस्तै एनएनआइपीएले नवौं राष्ट्रिय खेलकुद मात्र नभई अन्य गतिविधि, खेलाडीका प्रशिक्षण
लगायतका विषय पनि राखेपको उदासिनताका कारण अलपत्र अवस्थामा परेको जनाउँदै यसअघि नै निर्णय भइसकेका कार्यहरु अदालतको मुद्दा टुङ्गो नलगान्जेलसम्म कर्मचारीतन्त्र चुस्त दुरुस्त रुपमा लागेर काम हुनुपर्नेमा त्यसो नहुँनु दुर्भाग्य रहेको उल्लेख गरेको छ ।

खेलाडीले प्रशिक्षण र प्रतिस्पर्धाको मौकाबाट बञ्चित हुनुपरेको अवस्थालाई चिर्दै राखेपमा रहेका खेलका सबै विभागहरुले सक्रिता देखाउँदै नवौं राष्ट्रिय खेलकुदको तयारीमा जुट्न एनएनआइपीएले आह्वान समेत गरेको छ ।

यस्तै एनएनआइपीएले अदालतमा विचाराधिन अवस्थामा रहेको मुद्दालाई चाँडाो किनारा लगाएर नेपाली खेलकुद क्षेत्रलाई अनिर्णयको बन्दी बन्नबाट रोक्न सहयोगका लागि सर्वाेच्च अदालत सामु अपिल गरेको छ ।

एनएनआइपीएले जारी गरेको प्रेस विज्ञप्तिः

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :