मनाङ्गमाथि सातदोबाटोको रोमाञ्चक जित

काठमाण्डौं । कतार एयरवेज शहिद स्मारक ए डिभिजन लिगमा सातदोबाटो युथ क्लबले मनाङ्ग मर्स्याङ्गदी क्लबलाई पराजित गरेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार सम्पन्न लिगको दोश्रो खेलमा सातदोबाटोले मनाङ्गमाथि २–१ गोल अन्तरले हराएको हो ।

सातदोबाटोको जितमा मार्टिन नाङ्गाओ र मार्टिन्स अजयीले एक एक गोल गरे । यस्तै मनाङ्गका लागि ओलावाले आफिजले एक गोल फर्काए ।

सातदोबाटोले पहिलो हाफमा दुई गोलको अग्रता लिएको थियो भने दोश्रो हाफमा मनाङ्गले आक्रमक खेल प्रदर्शन गर्दै सातदोबाटोमाथि दबाब सिर्जना गर्दै एक गोल गरेको थियो ।

यसपछि थप गोल हुन नसक्दा सातदोबाटोले मनाङ्गमाथि महत्वपूर्ण जित हासिल गर्याे ।

जितसँगै सातदोबाटो ९ खेलमा १२ अंक बटुल्दै तालिकाको छैठौं स्थानमा पुगेको छ भने मनाङ्ग समान खेलमा १९ अंकका साथ दोश्रो स्थानमै रहन बाध्य बनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :