गोसाइप्रति श्रद्धाञ्जली


राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले कराते सहायक प्रशिक्षक दीपक गोसाइको निधन भएको १३ औं दिनको पुण्य तिथिमा शुक्रबार श्रद्धाञ्जली कार्यक्रम आयोजना ग¥यो ।


प्रशासन विभाग प्रमुख मधुसुदन बस्नेत, शाखा प्रमुख, कर्मचारीलगायतले स्व. गोसाइको तस्वीरमा पुष्प गुच्छा चढाइ भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका थिए ।

त्यसअघि दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै १ मिनेट मौन धारण गरिएको थियो ।

२०६१ सालमा राखेपको स्थायी सेवामा प्रवेश गरेका स्व. गोसाइ बाँके जिल्ला खेलकुद विकास समितिमा कार्यरत थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :