२९औं वर्षमा पनि भारतले दक्षिण अफ्रिकामा टेष्ट श्रृंखला जित्न सकेन

केप टाउनमा भएको तेश्रो टेष्टमा दक्षिण अफ्रिकाले भारतलाई ७ विकेटले पराजित गरेको छ ।

भारतले दिएको २१२ रनको लक्ष्य दक्षिण अफ्रिकाले ३ विकेटको क्षतिमा सजिलैसँग पुरा गर्दै तेश्रो टेष्ट जितेको हो । जितसँगै दक्षिण अफ्रिकाले एल्गर एण्ड कोले टेष्ट श्रृंखलाको उपाधि २–१ ले आफ्नो कब्जामा पारेको छ ।

केपटाउनमा कुनै पनि टोलिले दुईसयभन्दा बढीको लक्ष्य पुरा गरेको यो चौथो पटक हो । कब्जा गरेको छ ।

दक्षिण अफ्रिका भ्रमणको क्रममा भारतलाई टेष्ट श्रृंखला जित्ने दावेदारको रुपमाहेरिएको थियो । उसले सेन्चुरियनमा भएको पहिलो टेष्ट जितेर आफूलाई प्रमाणित समेत गरेको थियो ।

तर जोहानेसबर्ग र केप टाउनमा भारतलाई हराउँदै दक्षिण अफ्रिकाले घरेलु टेष्ट श्रृंखलाको उपाधि रक्षा गडर्न सफल भयो ।

यससँगै भारतले पछिल्लो २९ वर्षसम्म दक्षिण अफ्रिकामा कुनै पनि टेष्ट जित्न नसकेको तथ्यलाई निरन्तरता दिएको छ । उसले १९९२ मा पहिलोपटक दक्षिण अफ्रिकाको भ्रमण गरेको थियो ।

अफ्रिकाको जितमा किगन पिटरसनले दुबै ईनिङ्गमा शानदार ब्याटिङ्ग गर्दै अर्धशतकिय पारी खेले । केप टाउन टेस्टको पहिलो इनिङ्गसमा ७२ रन बनाएका पिटरसनले दोश्रो इनिङ्गसमा पनि ८२ रन जोडे ।

यस ३ टेष्टको श्रृंखलाको ६ इनिङ्गसमा उनले तीन अर्धशतक बनाए र ४६ को औसतमा २७६ रन जोडे । पिटरसन यस सिरिजको सर्वाधिक रन बनाउने खेलाडी समेत हुन्

लक्ष्य पछ्याउने क्रममा दक्षिण अफ्रिकाको पहिलो विकेट २३ रनको स्कोरमा पतन भएको थियो । मोहम्मद शामीको बलमा एडेन मार्करामले १६ रनको ब्यक्तिगत स्कोरमा आउट भएका थिए । यसपछि कप्तान डीन एल्गर र पिटरसनले दोश्रो विकेटका लागि ७८ रनको साझेदारी गर्दै टोलीलाई खेलमा फर्काएका थिए । जसप्रित बुमराहले एल्गरलाई ३० रन बनाउँदा आफ्नो सिकार बनाएर यो साझेदारीलाई तोडेका थिए ।

दोश्रो इनिङ्गसमा दक्षिण अफ्रिकाका बलरहरूले उत्कृष्ट बलिङ गरेपछि भारतको दोश्रो इनिङ्गस मात्र १९८ रनमा समेटिन पुगेको थियो ।

ऋषभ पन्तले कठिन परिस्थितिमा पनि उत्कृष्ट शतक प्रहार गर्दै भारतका लागि नटआउट १०० रन बनाए ।

पहिलो इनिङ्गसको आधारमा भारतले १३ रनको अग्रता लिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :