न्यु डायमण्डलाई हराउँदै एपीएफ फाईनलमा

पोखरा । नेपाल एपीएफ क्लबको महिला टोलि टाईगर कप महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको फाइनलमा पुगेको छ ।

पोखरा रंगशालास्थित भलिबल ट्रेनिङ सेन्टरमा शुक्रबार सम्पन्न महिलातर्फको खेलमा नेपाल पुलिस क्लबसँग न्यु डायमण्ड क्लब पराजित हुँदा एपीएफ फाईनलमा पुगन सफल भएको हो ।

पुलिसले न्यु डायमण्डमाथि ३–० को सोझो सेटमा पराजित गरेको हो । यससँगै न्यु डायमण्डको फाईनल पुग्ने सपना टुङ्गिएको छ ।

पुलिसले न्यु डायमण्डलाई पहिलो र दोश्रो सेटमा समान २५–२० अंकले पाखा लगाउँदा तेश्रो सेटमा २५–२३ को जित हासिल गरेको थियो ।

हारका कारण खेलमा ७ अंक मात्र जोडेको न्यु डायमण्ड एपीएफभन्दा एक अंकले पछि रह्यो । एपएिफको समान खेलमा ८ अंक छ ।

न्यु डायमण्डसँगको खेलमा जित निकालेको पुलिसको ४ खेलमा ६ अंक छ ।

यस्तै आजै भएको खेलमा पुलिसलाई ३–१ को सेटमा पराजित गर्दै त्रिभुवन आर्मी क्लबले फाईनलमा स्थान पक्का गरिसकेको छ ।

आर्मीको ४ खेलमा ९ अंक छ ।

अब शनिबार हुने फाईनलमा आर्मी र एपीएफ उपाधिका लागि आमने सामने हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :