सेनेगल र गिनियाले अंक बाँडे

अफ्रिका कप अफ नेशन्स् (एफकन) को खेलमा सेनेगल र गिनियाले गोलरहित बराबरी खेलेका छन् ।

क्यामरुनको ओम्नीस्पोर्टस् स्टेडियममा शुक्रबार राति सम्पन्न खेलमा सेनेगल र गिनियाले गोलरहित बरारबी खेल्दै अंक बाँडेका हुन् ।

बराबरीसँगै दुबै टोलिको समूह बि बाट राउण्ड अफ १६ मा पुग्ने सम्भावना बढेको छ ।

यो बराबरीले सेनेगल र गिनिया दुबैको २ खेलमा ४ अंक भएको छ । गिनिया समूहको शिर्ष स्थानमा छ भने सेनेगल दोश्रो स्थानमा छ ।

तेश्रो स्थानमा अंकविहिन मालावी र जिम्बाब्वे क्रमश तेश्रो र चौथो स्थानमा छन् ।

सेनेगलले प्रतियोगिताको पहिलो खेलमा जिम्बाब्वेलाई १–० गोल अन्तरले हराएको थियो भने गिनियाले मालावीलाई १–० गोल अन्तरले नै पराजित गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :