पीएम कपः कोरोनाको आशंकामा पुलिस र प्रदेश एकको खेल स्थगित

काठमाण्डौं । पीएम कप टि २० राष्ट्रिय पुरुष क्रिकेट प्रतियागिता अन्तर्गत आज शनिबारका लागि तय भएको नेपाल पुलिस क्लब र प्रदेश एकबिचको खेल स्थगित भएको छ ।

किर्तिपुरस्थित टियु क्रिकेट मैदानमा हुने भनिएको समूह ए अन्तर्गत पुलिस र प्रदेश एकबिच शनिबारको पहिलो खेल स्थगित भएको हो ।

प्रदेश एकको एकजना खेलाडीमा कोरोनाको आशंका देखिएपछि पुलिससँगको खेल स्थगित भएको छ ।

प्रतियोगिताको १७औं खेलको रुपमा रहेको यो खेल आशंका गरिएको खेलाडीसहित अन्य खेलाडीको कोरोना परिक्षण पश्चात पुनः तालिका निर्धारण गरिने बताइएको छ ।

जारी प्रतियोगितामा प्रदेश एक समूह ए को पुछारमा छ । ५ टोलिको सहभागिता रहेको समूह ए मा २ खेल खेलेको प्रदेश एक को जम्मा १ अंक मात्र छ ।

यस्तै पुलिस भने प्रतियोगिताको सेमिफाईनलमा पुगिसकेको छ ।

शिर्ष स्थानमा रहेको पुलिसको ३ खेलमा ६ अंक छ ।

आज हुने दोश्रो खेलमा बागमती प्रदेश र गण्डकी प्रदेश खेल्दैछन् । यो खेल मुलपानीस्थित क्यानको मैदानमा दिउँसो एक बजेबाट शुरु हुनेछ ।

समूह बी मा रहेको बागमती ३ खेलमा ४ अंकका साथ तेश्रो स्थानमा छ भने पुछारमा रहेको गण्डकी अंकविहिन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :