प्रिन्स योनेक्स नेपालको ब्रान्ड एम्बेसडरमा नियुक्त

बिश्व जुनियर ब्याडमिन्टनमा एक नम्बरमा जम्न सफल नेपाली खेलकुद एवं ब्याडमिन्टनका शान प्रिन्स दाहाल योनेक्स नेपालको ब्राण्ड एम्बेसडरमा चयन भएका छन् ।

प्रिन्सलाई सम्मान गर्न काठमाण्डौमा आयोजित एक कार्यक्रममा योनेक्सको नेपाली आधिकारीक वितरक संस्था इनासका प्रोपाईटर राजु बास्तोलाले प्रिन्सलाई एक बर्षको लागि नेपालको ब्राण्ड एम्बेसडरमा चयन गरेको बताए ।

कार्यक्रममा संस्थाले दाहाललाई नगद २ लाख सहित प्रशंसा पत्रले सम्मान गरेको थियो ।

प्रिन्सले ब्राण्ड एम्बेसडर भए बापत एक बर्ष सम्म आवश्यक योनेक्सका सम्पूर्ण सामाग्री प्राप्त गर्ने र प्रयोग गर्ने छन् भने हाललाई एशियाली देशहरुमा अन्तराष्ट्रिय प्रतियोगिताहरुमा सहभागिता जनाउने क्रममा हवाई यातायातको खर्च ब्यहोर्ने प्रोपाईटर बास्तोलाले जानकारी गराए ।

प्रिन्स हालै बिश्व ब्याडमिन्टन महासंघले प्रकाशित गरेको बरियता क्रममा जुनियर तर्फ नम्बर एकमा पुग्न सफल भएका थिए ।

विश्व ब्याडमिन्टन महासंघ बिडब्लुएफ ले जारी गरेको विश्व जुनियर ब्याडमिन्टन खेलाडीको वरियताको शिर्ष स्थानमा उक्लिएका थिए ।

बिडब्लुएफले बुधबार जारी गरेको विश्व जुनियर वरियता अनुसार नेपालका प्रिन्स दाहाल शिर्ष स्थानमा उक्लिएका हुन् ।

प्रिन्स एक स्थान माथि उक्लदै विश्व जुनियर वरियताको शिर्ष स्थानमा उक्लिएका थिए ।

प्रिनसलाई पछिल्लो ११ अन्तराष्ट्रिय जुनियर ब्याडमिन्टन प्रतियोगिताको प्रदर्शनको आधारमा बिडब्लुएफले शिर्ष स्थानमा राखेको हो ।

प्रिन्सले शिर्ष स्थानमा उक्लदा दोश्रो स्थानमा रहेका मलेसियाका होह् जस्टिनभन्दा ८१० अंक माथि रहेका छन् । जस्टिनको ९ हजार ५९० अंक रहँदा प्रिन्सको १० हजार ४ सय अंक छ ।

जुनियरतर्फ तेश्रो स्थानमा मलेसियाकै मोहम्मद रजिफ छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :