प्रिन्स र निमा वर्षको उत्कृष्ट उदयमान खेलाडी

ललितपुर । १६औं संस्करणको राष्ट्रिय तथा अन्तराष्ट्रिय (एनएनआइपीए) ले प्रदान गर्ने उत्कृष्ट अवार्ड अन्तर्गत वर्षको उत्कृष्ट उदयमान खेलाडीको पुरुषतर्फ ब्याडमिन्टनका प्रिन्स दाहाल तथा महिलातर्फ उसुकी निमा घर्तिमगर घोषित भएका छन् ।

ललितपुरको गोदावरी नगरपालिकामा रहेको बज्रबाराही मन्दिर प्राङ्गमा भएको एनएनआइपीए वर्ष उत्कृष्ट खेलाडी अन्तर्गत वर्षको उत्कृष्ट उदयमान खेलाडीको पुरुषतर्फ ब्याडमिन्टनका प्रिन्स तथा महिलातर्फ उसुकी निमा घोषित भएका हुन् ।

प्रिन्स गत पुषमा विश्व ब्याडमिन्टन महासंघ (बिडब्लुएफ) लेसार्वजनिक गरेको विश्व वरियताको जुनियरतर्फ प्रिन्स शिर्ष स्थानमा आएका थिए ।

यस्तै निमा १२औं तथा १३औं दक्षिण एशियाली खेलकुद (साग) मा उसुतर्फ स्वर्ण पदक जित्न सफल खेलाडी हुन् ।

वर्षको उत्कृष्ट उदयमान खेलाडीबाट सम्मानित हुने प्रिन्स र निमा दुबैले नजही नगद ५०–५० हजार प्राप्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :